Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

पर्सागढी युवा शक्ति क्लबको आयोजनामा जनसेवा अभियानको निरंतरता

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 197 views
MITHILA TIMESmithila-times.com

अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई झुल वितरणसँगै स्वास्थ्य परीक्षण र प्राथमिक उपचारसम्बन्धी सचेतना‎‎पर्सागढी,

असोज १७। ‎‎विगत सात वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको जनसेवा अभियान पर्सागढी अन्तर्गत पर्सागढी नगरपालिका–४ का विभिन्न गाउँमा लक्षित समाजकल्याणकारी कार्यक्रम सम्पन्न गरिएको छ। जनसेवालाई प्राथमिकतामा राख्दै सामाजिक अभियानमार्फत नागरिकको दैनिकीसँग जोडिएका समस्या समाधानमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।‎‎पर्सागढी–४ अन्तर्गत हर्दासपुर, छोटैली, बकनेरवा तथा धनुका हर्दासपुर लगायतका गाउँमा नवगठित पर्सागढी युवा शक्ति क्लब को आयोजनामा जनसेवा कार्यक्रम सञ्चालन गरिएको हो। स्थानीय युवाहरूको पहलमा गठन भएको क्लबले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित आफ्नो गतिविधि अघि बढाएको जनाएको छ।‎‎कार्यक्रमअन्तर्गत विशेषगरी अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई लक्षित गरी लामखुट्टेको झुल वितरण गरिएको थियो। पछिल्लो समय फैलिँदै गएको डेंगूको जोखिमलाई मध्यनजर गर्दै लामखुट्टेको टोकाइबाट बच्न अपनाउनुपर्ने सावधानीबारे समेत सहभागीलाई जानकारी गराइएको थियो।‎‎त्यसैगरी कार्यक्रममा सामान्य स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचारसम्बन्धी आधारभूत जानकारी र तालिम प्रदान गरिएको थियो। स्वास्थ्यसम्बन्धी सामान्य समस्या तथा आकस्मिक अवस्थामा प्रारम्भिक रूपमा अपनाउन सकिने सावधानी र प्राथमिक उपचारका उपायबारे स्थानीयलाई जानकारी दिइएको आयोजकले जनाएको छ।‎‎कार्यक्रम पर्सागढी युवा शक्ति क्लबका अध्यक्ष प्रेम मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पर्सागढी क्षेत्रका सामाजिक अभियन्ता, युवा तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो।‎‎कार्यक्रममा सामाजिक अभियंता डा. चन्द्रभूषण सिंह, शान्ति पौडेल, रवि शंकर चौधरी, जोखु मियाँ, अलोक सिंह, फिरोज मियाँ, रौनक सिंह, सर्फू आलम, केदार ठाकुर, बिर्जु चौधरी, बालेश्वर चौधरी, हरिचन्द्र महतो लगायतको सक्रिय सहभागिता रहेको थियो।‎‎कार्यक्रमका क्रममा सहभागी सामाजिक अभियन्ताहरूले सामाजिक सेवा कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्व भएको धारणा व्यक्त गरेका थिए। विशेषगरी समाजका आर्थिक तथा सामाजिक रूपमा कमजोर वर्गलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, सरसफाइ तथा सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।‎‎पर्सागढी युवा शक्ति क्लबका आयोजकहरूका अनुसार, जनसेवा अभियानको उद्देश्य केवल राहत वा सहयोग वितरणमा सीमित नराखी समाजमा सेवाको संस्कार विकास गर्नु र सार्वजनिक जीवन तथा राजनीतिलाई समेत जनताको वास्तविक आवश्यकता र सेवासँग जोड्नु हो। राजनीतिलाई जनमुखी तथा जनसेवामुखी बनाउने उद्देश्यका साथ अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिइने आयोजक टोलीले जनाएको छ।‎‎स्थानीय युवाहरूको सक्रियतामा सुरु भएको यस प्रकारको अभियानले समुदायका लक्षित वर्गसम्म प्रत्यक्ष रूपमा पुगेर उनीहरूको आवश्यकता पहिचान गर्ने र सम्भव सहयोग उपलब्ध गराउने प्रयास गरेको आयोजकको भनाइ छ।‎

About The Author

Mithila Times

Leave a Comment