Uncategorized
जितियाका लागि कमला नदी जाँदै गरेको माइक्रो दुर्घटनामा, ५ जनाको मृत्यु

MITHILA TIMESmithila-times.com
सिरहा। सिरहाको बस्तीपुरनजिकै सडक निर्माणका क्रममा बनाइएको डाइभर्सनमा माइक्रो र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएको प्रारम्भिक जानकारी छ।
जितिया पर्वका अवसरमा कमला नदीमा स्नान गर्न जाँदै गरेका यात्रु सवार माइक्रो डाइभर्सन पार गर्ने क्रममा टिपरसँग ठोक्किएको बताइएको छ। सडक निर्माणका कारण डाइभर्सन रहेको भए पनि डाइभर्सनसम्बन्धी संकेत स्पष्ट नहुँदा दुर्घटना भएको प्रारम्भिक जानकारी छ।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ। मृतकको पहिचान तथा घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ।

