Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

भोटेकोशी बाढीपीडितका लागि अमेरिकाबाट ठूलो साथ, न्यूह्याम्पसायरका नेपालीले जुटाए १ करोड ८४ लाखभन्दा बढी

By Mithila Times १ महिना अगाडि १ महिना अगाडि 55 views
MITHILA TIMESmithila-times.com

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि अमेरिकाको न्यूह्याम्पसायरमा रहेका नेपाली–अमेरिकी समुदायले १ करोड ८४ लाख रुपैयाँभन्दा बढी सहयोग जुटाएका छन्।न्यूह्याम्पसायर नेपाली समाजको अगुवाइमा सञ्चालन गरिएको राहत अभियानबाट १ लाख २० हजार अमेरिकी डलरभन्दा बढी रकम संकलन भएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ।समाजका अध्यक्ष लाक्पा शेर्पाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त सहयोग रकम औपचारिक रूपमा हस्तान्तरण गरेको हो।भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि नेपालमा राहत तथा पुनर्स्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायले सहयोग अभियान सञ्चालन गर्दै आएका छन्। यही क्रममा न्यूह्याम्पसायरमा रहेका नेपालीहरूले पनि बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै तत्काल राहत संकलन अभियान सुरु गरेका थिए।अभियानमा व्यक्ति, परिवार, व्यवसायी, विभिन्न सामुदायिक संस्था तथा स्वयंसेवकहरूको सहभागिता रहेको समाजले जनाएको छ। सामूहिक रूपमा संकलित रकम बाढीबाट प्रभावित परिवारको तत्कालीन राहत तथा पुनर्स्थापनाका काममा उपयोग हुने अपेक्षा गरिएको छ।अभियानअन्तर्गत न्यूह्याम्पसायर दिदीबहिनी समूहले हरितालिका तीज कार्यक्रमका लागि संकलन गरेको करिब १५ हजार अमेरिकी डलरसमेत बाढीपीडितका लागि प्रदान गरेको थियो। नेपालमा विपत्ति र शोकको अवस्था रहेकाले पीडितप्रति ऐक्यबद्धता जनाउँदै समूहले तीज कार्यक्रमसमेत स्थगित गरेको थियो।त्यस्तै, विभिन्न व्यवसायी, परिवार तथा सामुदायिक संघसंस्थाले समेत राहत अभियानमा सहयोग गरेका थिए। न्यूह्याम्पसायर समिट, सनसाइन कम्युनिटी केयर, भिजन फर इन्डिपेन्डेन्स, होम फर बटरफ्लाइज, न्यूह्याम्पसायर हिमालयन परिवार र न्यूह्याम्पसायर गुरुङ समाजलगायतका संस्था तथा समूहले अभियानमा भूमिका खेलेका थिए।सहयोग हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले विपद्का बेला सहयोग जुटाउने नेपाली–अमेरिकी समुदाय तथा नेपालप्रति सद्भाव राख्ने सबैप्रति धन्यवाद व्यक्त गरेका थिए। प्राप्त सहयोगलाई राहत तथा पुनर्स्थापनाको काममा जिम्मेवार ढंगले परिचालन गरिने उनले बताएका छन्।समाजका अध्यक्ष लाक्पा शेर्पाले बाढीपीडित परिवारले यथाशीघ्र राहत र पुनर्स्थापनाको अवसर पाउनुपर्नेमा जोड दिएका छन्। समाजका उपाध्यक्ष माधव गुरुङले राहत अभियानले आर्थिक सहयोगसँगै विदेशमा रहेका नेपालीबीचको एकता, सहकार्य र ऐक्यबद्धताको सन्देशसमेत दिएको बताएका छन्।बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै न्यूह्याम्पसायर नेपाली समाजले आगामी अक्टोबर १० का लागि तय गरिएको वार्षिक बडादशैं उत्सव ‘दशैं साँझ’ समेत रद्द गरेको जनाएको छ।विपद्का बेला विदेशमा रहेका नेपाली समुदायबाट जुटेको यो सहयोगले भोटेकोशी बाढी प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि आवश्यक स्रोत परिचालनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment