Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

सर्राफ रेडक्रसको केन्द्रीय सदस्यमा मनोनीत, पर्सा शाखाद्वारा स्वागत तथा शुभकामना

By Mithila Times १ महिना अगाडि १ महिना अगाडि 56 views
MITHILA TIMESmithila-times.com

‎वीरगञ्ज, पर्सा । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सदस्यमा सर्राफ मनोनीत हुनुभएको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले स्वागत तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ।‎कार्यक्रममा पर्सा शाखाका पदाधिकारी, सदस्य तथा रेडक्रसकर्मीहरूले नवनियुक्त केन्द्रीय सदस्य सर्राफलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। सहभागीहरूले रेडक्रसको मानवीय सेवा, विपद् व्यवस्थापन, रक्तसञ्चार तथा सामाजिक सेवाका क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गर्न उहाँको भूमिका महत्वपूर्ण हुने बताएका थिए।‎स्वागत कार्यक्रममा बोल्दै सर्राफले आफूलाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गर्दै नेपाल रेडक्रस सोसाइटीको उद्देश्य र मानवीय सेवालाई थप प्रभावकारी बनाउन आफ्नो तर्फबाट निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।‎उहाँले पर्सालगायत देशभरका नागरिकलाई आवश्यक पर्ने मानवीय तथा सामाजिक सेवामा रेडक्रसको भूमिका अझ मजबुत बनाउन सबै पक्षसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताउनुभयो।‎कार्यक्रममा सहभागी रेडक्रसकर्मीहरूले सर्राफको मनोनयनले पर्सा शाखाका साथै जिल्लाको रेडक्रस अभियानलाई समेत थप ऊर्जा र उत्साह प्रदान गरेको धारणा व्यक्त गरेका थिए।‎कार्यक्रममा उपस्थित पदाधिकारी तथा सदस्यहरूले नवनियुक्त केन्द्रीय सदस्य सर्राफको सफल कार्यकालको कामना गर्दै नेपाल रेडक्रस सोसाइटीको मानवीय अभियानलाई अझ प्रभावकारी र सेवामुखी बनाउन सामूहिक रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।‎

About The Author

Mithila Times

Leave a Comment