Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

पथलैयामा नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कनअन्तर्गत अनुगमन तथा निरीक्षण, एआईजी सिद्धि विक्रम शाह नेतृत्वको टोलीद्वारा निरीक्षण

By Mithila Times १ महिना अगाडि १ महिना अगाडि 45 views
MITHILA TIMESmithila-times.com

‎पथलैया, बारा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयामा ‘नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)–२०८३’ अन्तर्गत अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ।‎‎प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धि विक्रम शाहको नेतृत्वमा आएको टोलीले कार्यालयको समग्र अवस्था तथा कार्यसम्पादनको निरीक्षण गरेको हो। टोलीले कार्यालयको भौतिक पूर्वाधार, स्रोत–साधन, मानवश्रोत तथा राजमार्ग सुरक्षा र ट्राफिक व्यवस्थापनसँग सम्बन्धित गतिविधिबारे जानकारी लिएको जनाइएको छ।‎‎निरीक्षणका क्रममा कार्यालयमा उपलब्ध स्रोत–साधनको अवस्था, प्रहरी कर्मचारीको कार्यसम्पादन तथा राजमार्ग क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि भइरहेका गतिविधिबारे समेत अवलोकन गरिएको थियो।‎‎कार्यक्रमका क्रममा कार्यालय परिसरमा वृक्षारोपणसमेत गरिएको छ। वातावरण संरक्षण तथा कार्यालय परिसरलाई हरियालीयुक्त बनाउने उद्देश्यले वृक्षारोपण गरिएको जनाइएको छ।‎‎निरीक्षणपछि एआईजी शाहले प्रहरी कर्मचारीलाई कार्यसम्पादन, अनुशासन, जिम्मेवारी निर्वाह तथा राजमार्ग सुरक्षा र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशन दिएका थिए।‎‎नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कनअन्तर्गत गरिने यस्ता अनुगमन तथा निरीक्षणले प्रहरी कार्यालयहरूको कार्यसम्पादन, स्रोत–साधनको उपयोग र सेवा प्रवाहको अवस्थाबारे मूल्याङ्कन गर्न सहयोग पुग्ने बताइएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरी कर्मचारीलाई जिम्मेवारीप्रति थप उत्तरदायी भएर काम गर्न निर्देशन दिइएको छ।

About The Author

Mithila Times

Leave a Comment