पर्साबाट १० लाख ५८ हजार रुपैयाँभन्दा बढी मूल्यको अवैध लत्ताकपडा बरामद, भारततर्फ लैजाँदै तथा नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको कारबाही

पर्सा । पर्सा जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले १० लाख ५८ हजार ५४० रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपालका अनुसार २०८३ असोज २ गते जिल्लाका विभिन्न सीमा क्षेत्रमा गरिएको निगरानी तथा चेकजाँचका क्रममा भन्सार छली गरी भारततर्फ लैजाँदै गरेको तथा भन्सार छली गरी नेपालतर्फ भित्र्याइएको अवस्थामा उक्त परिमाणको लत्ताकपडा बरामद गरिएको हो।प्रहरीका अनुसार बरामद सामग्रीमा कुर्ता सुरुवाल, सुट, जुत्तालगायत विभिन्न प्रकारका लत्ताकपडा तथा सामग्री रहेका छन्। सीमा क्षेत्रमा अवैध रूपमा हुने चोरी निकासी तथा पैठारी नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरी टोलीले ती सामग्री नियन्त्रणमा लिएको जनाएको छ।बरामद गरिएका सम्पूर्ण सामानको आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ। भन्सार कार्यालयबाट बरामद सामग्रीको जाँच तथा मूल्यांकन गरी प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध चोरी निकासी–पैठारी नियन्त्रणका लागि नियमित निगरानी, गस्ती तथा चेकजाँचलाई थप प्रभावकारी बनाउँदै लगिएको जनाएको छ।

