Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

सशस्त्र प्रहरी कर्मचारीहरू अत्यन्तै कठिन भौगोलिक क्षेत्रमा खटिएका छन् : गृहसचिव शर्मा

By Mithila Times १ महिना अगाडि १ महिना अगाडि 56 views

काठमाडौं, भदौ ३०। गृहसचिव केदारनाथ शर्माले विपद् व्यवस्थापन, सीमा सुरक्षा तथा अपराध नियन्त्रणमा सशस्त्र प्रहरी कर्मचारीहरूले अत्यन्तै कठिन र अप्ठ्यारो भौगोलिक क्षेत्रमा रहेर जिम्मेवारी निर्वाह गरिरहेको बताएका छन्।सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा गृहसचिव शर्माले भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सशस्त्र प्रहरी कर्मचारीहरू जोखिमपूर्ण तथा कठिन भौगोलिक स्थानमा निरन्तर परिचालित भएर उद्धार तथा सुरक्षासम्बन्धी कार्यमा खटिएको उल्लेख गरे।उनले चुनौतीपूर्ण अवस्थामा समेत विचलित नभई जिम्मेवारी निर्वाह गरिरहेका सशस्त्र प्रहरी जनशक्तिलाई समयसापेक्ष तथा संवेदनशील विषयमा आवश्यक तालिम प्रदान गरी स्रोत–साधन सम्पन्न बनाउनुपर्नेमा जोड दिए।गृहसचिव शर्माले पछिल्लो समय विपद्को जोखिम बढ्दै गएकाले यसको न्यूनीकरणका लागि आवश्यक जनशक्ति व्यवस्थापन, पूर्वतयारी, उपलब्ध स्रोत–साधनको प्राथमिकीकरण तथा प्रभावकारी व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए। साथै, विपद्बारे नागरिकमा सचेतना अभिवृद्धि गर्न प्रचार–प्रसारलाई समेत प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।सीमा सुरक्षाको विषयमा उनले सीमामा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरूको स्थानीय बासिन्दासँग प्रत्यक्ष सम्बन्ध हुने भएकाले सीमावासीसँगको सम्बन्धलाई अझ सुमधुर बनाउँदै सीमा सुरक्षा प्रभावकारी बनाउनुपर्ने बताए। सीमा क्षेत्रमा बढ्दै गएको अपराध तथा अवैध कारोबार नियन्त्रणका लागि आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै सशस्त्र प्रहरीलाई थप चनाखो र प्रभावकारी रूपमा परिचालन गर्न उनले निर्देशन दिए।सुरक्षा निकायबीच प्रभावकारी समन्वय कायम गर्न सके फिल्डमा कार्यसम्पादन थप प्रभावकारी हुने गृहसचिव शर्माले बताए। कुनै पनि घटना तथा सुरक्षा चुनौतीका सम्बन्धमा समयमै सूचना आदान–प्रदान गर्ने वातावरणलाई अझ सशक्त बनाउन आवश्यक रहेको उनले उल्लेख गरे।त्यसैगरी, सशस्त्र प्रहरी बल नेपालसँग सम्बन्धित विद्यमान नियम तथा नियमावलीका कमजोर पक्षलाई सुदृढ बनाउने, आवश्यक विषयलाई कानुनी दायरामा समेट्ने तथा परिमार्जन आवश्यक रहेका विषयमा प्रस्ताव तयार गरी मन्त्रालयमा पठाउन उनले निर्देशन दिए।सशस्त्र प्रहरी बल नेपालका विद्यमान समस्या समाधान तथा आवश्यक निर्णय र सहजीकरणका विषयमा गृह मन्त्रालय सकारात्मक रहने प्रतिबद्धता समेत गृहसचिव शर्माले व्यक्त गरे।निरीक्षण कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारी तथा लाइभ भिडियो स्ट्रिमिङमार्फत सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयका प्रमुख, अधिकृत तथा विल्लादार जवानहरूको सहभागिता रहेको थियो।

About The Author

Mithila Times

Leave a Comment