नेपाल–भारत सीमामा संयुक्त गस्ती, सुरक्षा निगरानी थप कडा

सीमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त टोली परिचालनसीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी–तस्करी तथा सीमा अपराध नियन्त्रण गर्न नेपाल–भारत सीमामा सुरक्षा निकायहरूले संयुक्त गस्तीलाई तीव्रता दिएका छन्।सीमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मी सम्मिलित टोलीले संयुक्त रूपमा गस्ती तथा निगरानी गरिरहेका छन्। संयुक्त गस्तीका क्रममा सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिहरू तथा सवारीसाधनमाथि निगरानी बढाउनुका साथै शंकास्पद गतिविधिमाथि विशेष ध्यान दिइएको छ।सीमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन तथा अन्य सीमा अपराध नियन्त्रणका लागि तीनवटै सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदानलाई प्रभावकारी बनाइएको सुरक्षा अधिकारीहरूले बताएका छन्।संयुक्त गस्तीले सीमामा सुरक्षा व्यवस्था थप मजबुत हुनुका साथै दुवै देशका सुरक्षाकर्मीबीच आपसी समन्वय र सहकार्यलाई समेत थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। सीमा क्षेत्रमा कुनै पनि गैरकानुनी गतिविधि हुन नदिन नियमित रूपमा संयुक्त निगरानी र गस्तीलाई निरन्तरता दिइने बताइएको छ।

