Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

तनाव चर्किएका बेला होर्मुजमा नयाँ आवतजावत मार्ग तय गर्न इरान–ओमान सहमत

By Mithila Times ५७ मिनेट अगाडि ५७ मिनेट अगाडि 27 views

काठमाडौं । पश्चिम एसियामा क्षेत्रीय तनाव चर्किरहेका बेला इरान र ओमानले रणनीतिक महत्त्वको होर्मुज जलमार्गमा जहाजको आवतजावतका लागि नयाँ प्रवेश तथा निकास मार्ग निर्धारण गर्न सहमति गरेका छन्।तस्निम समाचार संस्थाका अनुसार, इरानी अधिकारीहरूले शनिबार इरान र ओमानबीच होर्मुज जलमार्गका लागि नयाँ आवतजावत मार्गबारे सहमति भएको जानकारी दिएका हुन्। दुई देशबीच भएको व्यापक छलफलपछि नयाँ मार्ग निर्धारण गर्ने विषयमा समझदारी बनेको बताइएको छ।इरानी अधिकारीहरूका अनुसार, आगामी सोमबार ओमानको राजधानी मस्कटमा आयोजना हुने क्षेत्रीय बैठकमा उक्त सहमतिको विस्तृत विवरण खाडी मुलुकहरूसँग साझा गरिनेछ। बैठकमा क्षेत्रीय सुरक्षा, समुद्री आवतजावत तथा होर्मुज जलमार्गको वर्तमान अवस्थाबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।पश्चिम एसियामा पछिल्लो समय बढिरहेको सैन्य तथा राजनीतिक तनावका कारण होर्मुज जलमार्ग अन्तर्राष्ट्रिय चासोको प्रमुख केन्द्र बनेको छ। विश्व व्यापार तथा ऊर्जा आपूर्तिका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिने यो जलमार्गमा व्यापारिक जहाजको सुरक्षित आवतजावतलाई लिएर चिन्ता बढ्दै गएको छ।यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नयाँ प्रमुख मोहसिन रेजाईले यसअघि होर्मुज जलमार्गबाहिर ‘प्रतिबन्धित प्रवेश क्षेत्र’ घोषणा गर्ने योजना रहेको बताएका थिए। उक्त क्षेत्रमार्फत इरानलाई शंका लागेका जहाजलाई रोक्ने वा निगरानीमा राख्ने नीति अपनाउन सकिने संकेत गरिएको थियो।रेजाईका अनुसार, प्रस्तावित प्रतिबन्धित क्षेत्र अमेरिकी नौसेनाको नाकाबन्दीको सीमाबाट सुरु भएर होर्मुज जलमार्ग हुँदै पर्सियन खाडीतर्फ फैलिनेछ। उक्त क्षेत्रमा प्रवेश गर्ने र पहिचान हुने केही जहाजलाई इरानको प्रतिबन्धित सूचीमा राख्न सकिने उनको भनाइ थियो।यसअघि अमेरिका र इरानबीच भएका सैन्य गतिविधिले पनि क्षेत्रीय तनाव थप बढाएको छ। अमेरिकी पक्षले इरानी तेल ट्यांकरमाथि कारबाही गरेको तथा इरानले अमेरिकी युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि जवाफी कारबाही गरिएको दाबी गरिएको छ।अमेरिका–इरानबीचको बढ्दो सैन्य तनावले होर्मुज जलमार्गको सुरक्षा र अन्तर्राष्ट्रिय समुद्री व्यापारमा थप जोखिम सिर्जना गर्न सक्ने विश्लेषकहरूले बताएका छन्। यस्तो अवस्थामा इरान र ओमानबीच नयाँ प्रवेश तथा निकास मार्गबारे भएको सहमतिलाई क्षेत्रीय समुद्री आवतजावत व्यवस्थापनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।मस्कटमा हुने क्षेत्रीय बैठकपछि नयाँ मार्गको स्वरूप, कार्यान्वयन प्रक्रिया र व्यापारिक तथा अन्य जहाजको आवतजावतसम्बन्धी थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment