वीरगञ्जमा ज्ञान वाटिका कलेजको कक्षा ११ स्वागत कार्यक्रम सम्पन्न

वीरगञ्ज । ज्ञान वाटिका कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्न विशेष स्वागत कार्यक्रम आयोजना गरेको छ।कार्यक्रममा प्रमुख अतिथिका रूपमा साइन्सिडियो कृष्ण थापा ज्यूको उपस्थिति रहेको थियो भने ज्ञान वाटिका कलेजका प्रिन्सिपल रोशन कुमार पाण्डे ज्यूको समेत विशेष उपस्थिति रहेको थियो।कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू तथा सम्बन्धित क्षेत्रका प्रहरी इन्चार्जको समेत उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै अतिथिहरूले कक्षा ११ मा प्रवेश गरेका नयाँ विद्यार्थीहरूलाई शैक्षिक सफलताको शुभकामना दिँदै अनुशासन, मेहनत, लगनशीलता र सकारात्मक सोचका साथ आफ्नो शैक्षिक यात्रा अगाडि बढाउन प्रेरित गर्नुभएको थियो।स्वागत कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरणसँग परिचित गराउनुका साथै नयाँ साथीहरू र शिक्षकहरूसँग घुलमिल हुन तथा आगामी शैक्षिक यात्रालाई उत्साह र आत्मविश्वासका साथ अगाडि बढाउन थप हौसला प्रदान गरेको छ।

