Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

वीरगञ्जमा ज्ञान वाटिका कलेजको कक्षा ११ स्वागत कार्यक्रम सम्पन्न

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 131 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज । ज्ञान वाटिका कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्न विशेष स्वागत कार्यक्रम आयोजना गरेको छ।कार्यक्रममा प्रमुख अतिथिका रूपमा साइन्सिडियो कृष्ण थापा ज्यूको उपस्थिति रहेको थियो भने ज्ञान वाटिका कलेजका प्रिन्सिपल रोशन कुमार पाण्डे ज्यूको समेत विशेष उपस्थिति रहेको थियो।कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू तथा सम्बन्धित क्षेत्रका प्रहरी इन्चार्जको समेत उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै अतिथिहरूले कक्षा ११ मा प्रवेश गरेका नयाँ विद्यार्थीहरूलाई शैक्षिक सफलताको शुभकामना दिँदै अनुशासन, मेहनत, लगनशीलता र सकारात्मक सोचका साथ आफ्नो शैक्षिक यात्रा अगाडि बढाउन प्रेरित गर्नुभएको थियो।स्वागत कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरणसँग परिचित गराउनुका साथै नयाँ साथीहरू र शिक्षकहरूसँग घुलमिल हुन तथा आगामी शैक्षिक यात्रालाई उत्साह र आत्मविश्वासका साथ अगाडि बढाउन थप हौसला प्रदान गरेको छ।

About The Author

Mithila Times

Leave a Comment