Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

सशस्त्र प्रहरी बलमा ६ सय ६६ जनाका लागि रोजगारीको अवसर

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 76 views
MITHILA TIMESmithila-times.com

सशस्त्र प्रहरीले खुलायो ६ सय ६६ पदमा ठूलो संख्याको विज्ञापन, प्रहरी जवान मात्रै ६ सय ४ जनाकाठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ठूलो संख्यामा जनशक्ति माग गर्दै दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयअन्तर्गतको भर्ना तथा छनोट शाखाले ६ सय ६६ पदमा पदपूर्तिका लागि आवेदन खुलाएको हो।जारी सूचनाअनुसार सबैभन्दा धेरै ६ सय ४ जना सशस्त्र प्रहरी जवान पदमा जनशक्ति माग गरिएको छ। यस्तै ३८ जना भान्से, ८ जना कुचिकार, ६ जना सूचीकार, ७ जना केसकर्तक, २ जना चर्मकर्मी र १ जना माली पदका लागि समेत दरखास्त आह्वान गरिएको छ।तोकिएको योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकले आगामी असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन्। भर्ना प्रक्रियामा सहभागी हुन चाहने उम्मेदवारले सशस्त्र प्रहरी बलले जारी गरेको सूचनामा उल्लेखित योग्यता, आवश्यक कागजात तथा आवेदन प्रक्रियाअनुसार निर्धारित समयभित्र दरखास्त दिनुपर्नेछ।सशस्त्र प्रहरी प्रधान कार्यालयको भर्ना तथा छनोट शाखाले आज सूचना जारी गर्दै विभिन्न पदमा आवश्यक जनशक्ति पूर्ति गर्न लागेको जनाएको हो।

About The Author

Mithila Times

Leave a Comment