Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
Uncategorized

सशस्त्र प्रहरी बलमा ६ सय ६६ जनाका लागि रोजगारीको अवसर

By Mithila Times १ दिन अगाडि १ दिन अगाडि 46 views
MITHILA TIMESmithila-times.com

सशस्त्र प्रहरीले खुलायो ६ सय ६६ पदमा ठूलो संख्याको विज्ञापन, प्रहरी जवान मात्रै ६ सय ४ जनाकाठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ठूलो संख्यामा जनशक्ति माग गर्दै दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयअन्तर्गतको भर्ना तथा छनोट शाखाले ६ सय ६६ पदमा पदपूर्तिका लागि आवेदन खुलाएको हो।जारी सूचनाअनुसार सबैभन्दा धेरै ६ सय ४ जना सशस्त्र प्रहरी जवान पदमा जनशक्ति माग गरिएको छ। यस्तै ३८ जना भान्से, ८ जना कुचिकार, ६ जना सूचीकार, ७ जना केसकर्तक, २ जना चर्मकर्मी र १ जना माली पदका लागि समेत दरखास्त आह्वान गरिएको छ।तोकिएको योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकले आगामी असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन्। भर्ना प्रक्रियामा सहभागी हुन चाहने उम्मेदवारले सशस्त्र प्रहरी बलले जारी गरेको सूचनामा उल्लेखित योग्यता, आवश्यक कागजात तथा आवेदन प्रक्रियाअनुसार निर्धारित समयभित्र दरखास्त दिनुपर्नेछ।सशस्त्र प्रहरी प्रधान कार्यालयको भर्ना तथा छनोट शाखाले आज सूचना जारी गर्दै विभिन्न पदमा आवश्यक जनशक्ति पूर्ति गर्न लागेको जनाएको हो।

About The Author

Mithila Times

Leave a Comment