Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

गरुडा नगरपालिका वडा न.९ रौतहटका वडा अध्यक्ष राजेश कुमार सहनी उर्फ राजु सहनीलाई फसाउने राजनीतिक चलखेल २०८३ भदौ २६

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 327 views

रौतहट:-पछिल्लो केही दिन देखि गरुडा नगरपालिका–९ का वडा अध्यक्ष राजेश कुमार सहनीलाई जोडेर सामाजिक सञ्जालमा विभिन्न प्रकारको गलत,तथा झुठा समाचार समप्रेशन गरेर चलित्र हत्या गरिरहेका वडा अध्यक्षको सचिवालयले जानकारी दिएको छ /

ईलाका प्रहरी कार्यालय गरुडा रौतहटबाट एक व्यक्तिलाई थुनाबाट छुटाइदिने भन्दै वडा अध्यक्ष सहनीले ५० हजार रुपैयाँ लिएको भन्ने आरोप पूर्णतः गलत, निराधार र भ्रामक रहेका छन/

उनीहरुले गरेको प्रेस विज्ञप्ति अनुसार भिडियोमा स्पष्ट देखि रहेको छ कि वडा अध्यक्षलाई फसाउने कार्य भइरहेको
वडा अध्यक्षको सचिवालय बताएका छन/

वडा अध्यक्ष साहनीले कसैलाई थुनाबाट छुटाउने नाममा पैसा लिने वा त्यस्तो कार्यमा संलग्न हुने काम नगरेको हुँदा सामाजिक सञ्जालमा आएका यस्ता अपुष्ट समाचारमा विश्वास नगर्न सम्पूर्ण वडा न. ९ तथा देश विदेशमा बस्ने जनता जनाधरसँग अनुरोध गर्दछौँ।

वडा अध्यक्ष सहनीलाई चुनावको समय नजिक्दा बदनाम गर्ने उद्देश्यले केही राजनीतिक तुच्छ प्रवृत्तिका व्यक्तिहरूले गलत सूचना फैलाएर जनतालाई भ्रमित पार्ने कार्य गरिरहेको पाइएको छ।

यस्ता आधारहीन आरोप र भ्रामक प्रचारले व्यक्तिको प्रतिष्ठामा मात्र होइन, समाजमा समेत गलत सन्देश प्रवाह गर्दछ।
यस्तो कार्य नगर्न वडा अध्यक्ष राजेश कुमार सहनीको सचिवालयले अनुरोध गरेका छन/

About The Author

Mithila Times

Leave a Comment