Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
Uncategorized

१८ हजार ३ सय पिस ट्रामाडोल क्याप्सुलसहित बारामा एक युवक पक्राउ

By Mithila Times ३ दिन अगाडि ३ दिन अगाडि 45 views

बारा । प्रहरीले बाराबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ट्रामाडोल क्याप्सुलसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ परेका युवकको साथबाट १८ हजार ३ सय पिस ट्रामाडोल क्याप्सुल बरामद गरिएको हो।लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले शंकास्पद गतिविधिमाथि निगरानी बढाउने क्रममा ती क्याप्सुल बरामद गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि लागूऔषधसम्बन्धी कानुनी व्यवस्थाअनुसार आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बरामद लागूऔषध कहाँबाट ल्याइएको थियो, कहाँ लैजाने तयारी गरिएको थियो र यसमा अन्य व्यक्तिहरूको संलग्नता छ/छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।प्रहरीले लागूऔषधको अवैध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment