Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

१६२ किलो ७९४ ग्राम गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 49 views

मकवानपुर । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९ भाबरबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङ रहेका छन्।इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारभित्र १३ वटा पोकामा लुकाइराखेको अवस्थामा १६२ किलो ७९४ ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उक्त गाँजा ओसारपसारमा संलग्न रहेको आशंकामा कार चालक महतोलाई नियन्त्रणमा लिइएको हो। सोही घटनामा ग.२ च ६१५ नम्बरको पिकअपका चालक टेकबहादुर दोङलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। बरामद गाँजा, सवारीसाधन तथा पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।घटनामा गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ लैजाने तयारी गरिएको थियो तथा ओसारपसारमा अन्य व्यक्तिको संलग्नता थियो वा थिएन भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment