Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
Uncategorized

१६२ किलो ७९४ ग्राम गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

By Mithila Times ३ दिन अगाडि ३ दिन अगाडि 34 views

मकवानपुर । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९ भाबरबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङ रहेका छन्।इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारभित्र १३ वटा पोकामा लुकाइराखेको अवस्थामा १६२ किलो ७९४ ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उक्त गाँजा ओसारपसारमा संलग्न रहेको आशंकामा कार चालक महतोलाई नियन्त्रणमा लिइएको हो। सोही घटनामा ग.२ च ६१५ नम्बरको पिकअपका चालक टेकबहादुर दोङलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। बरामद गाँजा, सवारीसाधन तथा पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।घटनामा गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ लैजाने तयारी गरिएको थियो तथा ओसारपसारमा अन्य व्यक्तिको संलग्नता थियो वा थिएन भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment