Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
Uncategorized

‘सहिदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार?’ शहीदकी आमाको प्रश्न, सहिद परिवार र घाइतेलाई भेट्नसमेत सरकार उदासीन रहेको गुनासो

By Mithila Times ३ दिन अगाडि ३ दिन अगाडि 34 views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा रचना खतिवडा खत्रीले शहीदप्रति राज्यले देखाउनुपर्ने गम्भीरता नदेखाएको गुनासो गरेकी छन्।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले जेनजी आन्दोलन भएको एक वर्ष पूरा भइसक्दा पनि शहीद परिवारले न्याय र राज्यको उचित सम्बोधनको अनुभूति गर्न नसकेको बताइन्। उनले आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा एक दिन सार्वजनिक बिदा दिइए पनि त्यसबाहेक राज्यले शहीदप्रति देखाउनुपर्ने गम्भीरता र संवेदनशीलता नदेखाएको बताइन्।जेनजी शहीद स्मृति दिवसका अवसरमा प्रधानमन्त्रीलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्दा पनि लामो समयसम्म कुनै उपस्थिति वा गम्भीर सम्बोधन नआएको उनले गुनासो गरिन्। अन्ततः बेलुकी करिब ७ बजे प्रधानमन्त्रीबाट एउटा सामान्य सामाजिक सञ्जाल स्टाटस मात्र आएको भन्दै उनले राज्यको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरिन्।सांसद खतिवडाले सरकारलाई प्रश्न गर्दै भनिन्, “शहीदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार?” उनले शहीद परिवार र आन्दोलनका क्रममा घाइते भएका परिवारलाई भेट्न सरकारलाई अझै कति वर्ष लाग्ने हो भन्दै प्रश्नसमेत गरिन्।गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा सांसद खतिवडाले आफ्ना २३ वर्षीय छोरा रसिक खतिवडालाई गुमाएकी थिइन्। पछि उनी रास्वपाको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा मनोनीत भएकी हुन्।सांसद खतिवडाको अभिव्यक्तिले जेनजी आन्दोलनका शहीद परिवारले न्याय, सम्मान र राज्यको उचित सम्बोधनको विषयमा उठाउँदै आएका प्रश्नलाई पुनः संसद्को बहसमा ल्याएको छ।

About The Author

Mithila Times

Leave a Comment