Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

पर्सामा ७ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ, कारसमेत प्रहरी नियन्त्रणमा

By Mithila Times ४ दिन अगाडि ४ दिन अगाडि 40 views

पर्सा, २४ भदौ । पर्सामा प्रहरीले ७ ग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत, बिहारको पूर्वी चम्पारण जिल्लास्थित रक्सौल पुरैनिया लोहडिया–५ बस्ने ३१ वर्षीय दिनेश प्रसाद रहेका छन्।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागूऔषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी विशेष टोलीले बुधबार वीरगन्ज महानगरपालिका–२१ स्थित परवानीपुर चोकमा सडकखण्डमा चेकजाँच गरेको थियो।सो क्रममा जितपुरबाट वीरगन्जतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट डीएल १२ सीएल भएको कारलाई रोकी जाँच गर्दा चालक बस्ने सिटको माथिल्लो भागमा लुकाएर राखिएको प्लास्टिकभित्र ७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।प्रहरीले उक्त पदार्थसहित कार नियन्त्रणमा लिएर चालक दिनेश प्रसादलाई पक्राउ गरेको हो।पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका दिनेशमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। बरामद पदार्थको परीक्षण तथा अनुसन्धानबाट यसको वास्तविक प्रकृति र घटनासम्बन्धी थप विवरण खुल्ने प्रहरीले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment