Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

पर्सामा ७ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ, कारसमेत प्रहरी नियन्त्रणमा

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 57 views

पर्सा, २४ भदौ । पर्सामा प्रहरीले ७ ग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत, बिहारको पूर्वी चम्पारण जिल्लास्थित रक्सौल पुरैनिया लोहडिया–५ बस्ने ३१ वर्षीय दिनेश प्रसाद रहेका छन्।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागूऔषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी विशेष टोलीले बुधबार वीरगन्ज महानगरपालिका–२१ स्थित परवानीपुर चोकमा सडकखण्डमा चेकजाँच गरेको थियो।सो क्रममा जितपुरबाट वीरगन्जतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट डीएल १२ सीएल भएको कारलाई रोकी जाँच गर्दा चालक बस्ने सिटको माथिल्लो भागमा लुकाएर राखिएको प्लास्टिकभित्र ७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।प्रहरीले उक्त पदार्थसहित कार नियन्त्रणमा लिएर चालक दिनेश प्रसादलाई पक्राउ गरेको हो।पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका दिनेशमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। बरामद पदार्थको परीक्षण तथा अनुसन्धानबाट यसको वास्तविक प्रकृति र घटनासम्बन्धी थप विवरण खुल्ने प्रहरीले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment