Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

त्रिशूलीको रौद्र बाढीबीच इन्स्पेक्टर पप्पू यादवको उच्च सतर्कता र साहस, ९२३ कैदीबन्दीको ज्यान जोगाउन सुरक्षाकर्मीको निर्णायक भूमिका

By Mithila Times ४ दिन अगाडि ४ दिन अगाडि 51 views

नुवाकोट । २०८३ भदौ १० गते नुवाकोट केन्द्रीय कारागारमा नियमित रूपमा ड्युटी चलिरहेको थियो। तर, केही समयमै त्रिशूली नदीमा आएको भीषण बाढीले कारागार परिसर नै जोखिममा पार्ने अवस्था सिर्जना भयो। समयमै प्राप्त भएको चेतावनी, तत्काल निर्णय र सुरक्षाकर्मीको उच्च सतर्कताका कारण कारागारमा रहेका ९२३ कैदीबन्दीलाई सम्भावित ठूलो मानवीय क्षतिबाट जोगाउन सफल भएको छ।रसुवाको भोटेकोशी नदीमा बिहान करिब ८:४० बजे भीषण बाढी आएको सूचना प्राप्त भएपछि तटीय क्षेत्रमा सतर्कता बढाइएको थियो। त्यसै क्रममा नुवाकोट केन्द्रीय कारागारको सुरक्षा कमान्ड सम्हालिरहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक पप्पू यादवलाई बिहान ९:२६ बजे डीएसपी वीरेन्द्र राउतले फोनमार्फत त्रिशूलीमा ठूलो बाढी आउन सक्ने भन्दै कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्न र सुरक्षाकर्मी स्वयं पनि सुरक्षित रहन निर्देशन दिएका थिए।चेतावनी प्राप्त हुनासाथ कारागार सुरक्षामा खटिएका ५२ जना सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा परिचालन गरियो। पहिलो प्राथमिकतामा कैदीबन्दी तथा कारागारमा रहेका हतियार र संवेदनशील सामग्रीको सुरक्षा राखियो। ब्लक १ र २ मा रहेका ५०५ जना कैदीबन्दीलाई तत्काल कारागार परिसरभित्रकै सुरक्षित ‘एसेम्बली पोइन्ट’मा सारिएको थियो।कैदीबन्दीलाई सुरक्षित स्थानमा ल्याएको केही समयमै कारागार भवनमा बाढीको पहिलो धक्का पुगेको थियो। नदी किनारबाट करिब १०० मिटर दूरीमा रहेको कारागार भवनमा लेदो, ढुंगा र पानीसहितको बाढी प्रवेश गर्न थालेपछि सुरक्षाकर्मीमाथि चुनौती थपिएको थियो।कारागार पुग्नुअघि नै बाढीले करिब डेढ किलोमिटर माथि रहेको २५ मेगावाट क्षमताको नुवाकोट सौर्य परियोजनामा क्षति पुर्‍याइसकेको थियो। कारागारको हाइपोस्टमा रहेका सुरक्षाकर्मीले तीव्र गतिमा तलतिर आइरहेको लेदो, ढुंगा र पानीसहितको बाढीको भयावह दृश्य प्रत्यक्ष देखिरहेका थिए।केही समयमै बाढी प्रशासनिक भवन र नेपाल प्रहरीको भवनसम्म पुगेको थियो। कारागारका दुईवटा बाहिरी पर्खालसमेत भत्किएका थिए भने ब्लक १ र २ मा लेदो तथा पानी प्रवेश गरेको थियो। बाहिरी पर्खालमा क्षति पुगे पनि त्यसले बाढीको बहाव केही हदसम्म रोक्दा मुख्य कैदी भवनलाई ठूलो क्षतिबाट जोगाउन सहयोग पुगेको बताइएको छ।बाढी कारागार परिसरभित्र प्रवेश गरेपछि कैदीबन्दीबीच त्रास र भागदौडको अवस्था सिर्जना भयो। ९२३ कैदीबन्दीको सुरक्षाका लागि त्यसबेला जम्मा ५२ जना सुरक्षाकर्मी मात्र परिचालनमा थिए। स्थिति थप तनावपूर्ण बन्दै गएपछि ५० भन्दा बढी कैदीबन्दी मुख्य ढोकाबाहिर निस्किएका थिए।सम्भावित ठूलो दुर्घटना तथा भागदौड नियन्त्रण गर्न प्रहरी निरीक्षक पप्पू यादवले तत्काल निर्णय लिँदै ११ राउन्ड हवाई फायर गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अनुप गुरुङको नेतृत्वमा थप सुरक्षा टोली घटनास्थल पुगेको थियो।यस क्रममा दुई जना कैदी खेतको बाटो हुँदै जंगलतर्फ भाग्ने प्रयास गरेका थिए। प्रहरी निरीक्षक अनुप गुरुङले पछ्याउँदै गएर दुवै जनालाई नियन्त्रणमा लिएका थिए।बिहान ९:२६ बजे बाढीको चेतावनी प्राप्त भएदेखि करिब दुई घण्टासम्म सुरक्षाकर्मीले बाढीको जोखिमसँगै कैदीबन्दीको त्रास, भागदौड र सुरक्षा चुनौती सामना गरे। बिहान करिब ११:३० बजे बाढीको बहाव घट्दै गएपछि स्थिति क्रमशः नियन्त्रणमा आएको थियो।महिला कैदीबन्दी स्थानान्तरणबाढीका कारण कारागारको संरचनामा क्षति पुगेपछि सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइएको छ। भदौ १२ गते ३२ जना महिला कैदीबन्दीलाई मकवानपुरस्थित भीमफेदी कारागारमा स्थानान्तरण गरिएको थियो। साथै सुरक्षाका लागि सशस्त्र प्रहरीका थप ३० जना जवान परिचालन गरिएको छ।हाल कारागारमा सशस्त्र प्रहरीका ६२ जना तथा नेपाल प्रहरीका २० जना सुरक्षाकर्मी तैनाथ रहेको जनाइएको छ। बाल सुधार गृहका १३८ जनासहित हाल कुल ८८७ जना कैदीबन्दी रहेका छन्।कारागारका केही ब्लकमा क्षति पुगेका कारण सुधार गृहका किशोर तथा अन्य कैदीबन्दीलाई एउटै युनिटका दुई ब्लकमा राख्नुपर्ने अवस्था रहेको छ। यसले आगामी दिनमा सुरक्षा व्यवस्थापनमा थप चुनौती सिर्जना गर्न सक्ने देखिएको छ। क्षतिग्रस्त संरचनाका कारण कारागारको प्रशासनिक भवनसमेत सुरक्षित स्थानमा सारिएको छ।टोलीभावनाले रोकियो ठूलो क्षतिनुवाकोट केन्द्रीय कारागारमा भएको उक्त उद्धार तथा सुरक्षा व्यवस्थापन कुनै एक व्यक्तिको प्रयासमा मात्र सम्भव भएको थिएन। प्रहरी निरीक्षक पप्पू यादव, प्रहरी नायब निरीक्षक श्रीकृष्ण सुवेदी, प्रहरी निरीक्षक अनुप गुरुङलगायत सुरक्षाकर्मीको संयुक्त प्रयासले सम्भावित ठूलो मानवीय क्षति रोक्न महत्वपूर्ण भूमिका खेलेको थियो।प्रहरी निरीक्षक यादवका अनुसार चेतावनी प्राप्त भएपछि सोच्नेभन्दा पनि तत्काल कदम चाल्नुपर्ने अवस्था थियो। समयमै कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्नु नै सम्भावित जोखिम कम गर्ने प्रमुख उपाय बनेको थियो।त्रिशूलीको उर्लिंदो बाढीले कारागारको संरचना हल्लायो, बाहिरी पर्खाल भत्कायो र भवनभित्र लेदो तथा पानी प्रवेश गरायो। तर, संकटको समयमा सुरक्षाकर्मीले देखाएको उच्च सतर्कता, तत्काल निर्णय क्षमता र समन्वयका कारण ठूलो मानवीय दुर्घटना हुनबाट रोकिएको छ।भदौ १० गतेको उक्त घटनाले विपद्का बेला पूर्वतयारी, समयमै सूचना प्राप्ति, तत्काल निर्णय र सुरक्षा निकायबीचको समन्वय कति महत्वपूर्ण हुन्छ भन्ने स्पष्ट देखाएको छ। त्रिशूलीको बाढीले संरचनामा क्षति पुर्‍याए पनि सुरक्षाकर्मीको साहस र जिम्मेवारीबोधले सयौँ मानिसको जीवन जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ।यद्यपि बाढीको तत्काल जोखिम घटे पनि कारागारका क्षतिग्रस्त संरचना र ठूलो संख्यामा रहेका कैदीबन्दीका कारण सुरक्षा चुनौती पूर्ण रूपमा समाप्त भइसकेको छैन। त्यसैले आगामी दिनमा संरचनागत सुधार, सुरक्षित स्थानमा व्यवस्थापन तथा पर्याप्त सुरक्षा जनशक्ति परिचालनलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।

About The Author

Mithila Times

Leave a Comment