Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

दृष्टिविहीन विद्यार्थीको स्वच्छता र आत्मविश्वास बढाउन लायन्स क्लब वीरगञ्ज मेट्रो सिटीको विशेष कार्यक्रम, १८ विद्यार्थीको निःशुल्क कपाल काटियो

By Mithila Times ५ दिन अगाडि ५ दिन अगाडि 35 views

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीले वीरगञ्जस्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई लक्षित गरी ‘स्वच्छता तथा कपाल काट्ने कार्यक्रम’ सम्पन्न गरेको छ।“Cleanliness Builds Confidence, A Fresh Look Brings Joy” भन्ने नाराका साथ सोमबार आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई व्यक्तिगत सरसफाइको महत्वबारे जानकारी गराउनुका साथै १८ जना दृष्टिविहीन विद्यार्थीको निःशुल्क कपाल काटिएको थियो।कार्यक्रम लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीकी अध्यक्ष लायन पिया सिंहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई नियमित रूपमा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने, स्वच्छ शरीर र सफा रहनसहनले आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने विषयमा जानकारी दिइएको थियो।कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले क्लबले “We Serve | We Care | We Empower” भन्ने भावनाका साथ समाजमा रहेका विपन्न, असहाय तथा विशेष आवश्यकता भएका वर्गको सेवामा निरन्तर काम गर्दै आएको बताउनुभयो। उहाँले स्वच्छताले व्यक्तिको आत्मविश्वास बढाउनुका साथै सफा र आकर्षक रूपले मानसिक रूपमा पनि खुशी प्रदान गर्ने बताउनुभयो।कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीकी अध्यक्ष लायन पिया सिंह, महेश साह कानु, प्रविण पराजुली, पत्रकार लालबाबु सिंह, काँचनजंगा स्कूलका निर्देशक मार्टिन मोक्तान, क्लबका सचिव लायन नेल्सन भण्डारी, सह–सचिव लायन प्रसिद्धि सिंह, पूर्व अध्यक्ष उमेश कुमार गुप्तालगायतको सहभागिता रहेको थियो।त्यस्तै क्लबका सदस्यहरू श्रुति गुप्ता, श्वेता गुप्ता र संजना बरनवालको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।कार्यक्रमलाई सफल बनाउन विभिन्न ब्युटी पार्लरमा आबद्ध विज्ञहरूले प्राविधिक सहयोग गरेका थिए। प्रतिमा साह, संगीता गिरी (क्वीन ब्युटी पार्लर), सीमा साह (दुर्गा ब्युटी पार्लर), सावित्री श्रेष्ठ (क्वीन ब्युटी पार्लर) र आयुषी बरनवालले विद्यार्थीहरूको निःशुल्क कपाल काट्ने तथा आवश्यक सौन्दर्यसम्बन्धी सेवामा सहयोग गरेका थिए।दृष्टिविहीन विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमले उनीहरूमा व्यक्तिगत स्वच्छताप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै आत्मविश्वास बढाउन सहयोग पुग्ने आयोजकले जनाएको छ।लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीले आगामी दिनमा पनि समाजका विपन्न तथा विशेष आवश्यकता भएका समुदायलाई लक्षित गर्दै विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment