Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

१७ वर्षे राजनीतिक यात्रा छाड्दै जय नेपाल पार्टीमा जलेश्वर सर्राफ, संगठन निर्माणको जिम्मेवारी

By Mithila Times ६ दिन अगाडि ६ दिन अगाडि 43 views

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा करिब १७ वर्ष सक्रिय राजनीति गरेका जलेश्वर सर्राफ डा. धवलशम्शेर राणाको नेतृत्वमा नवगठित जय नेपाल पार्टीमा आबद्ध भएका छन्।राप्रपामा नगर अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका सर्राफले आफूले राजनीतिक जीवनको सुरुवात गरेको पार्टीबाट अलग हुँदै नयाँ राजनीतिक यात्राको सुरुवात गरेको बताएका छन्। उनले जय नेपाल पार्टीमा सम्मानजनक जिम्मेवारीसहित आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिने बताएका हुन्।सर्राफले विभिन्न राजनीतिक कालखण्डमा भएका आन्दोलन तथा संघर्षमा आफू सक्रिय रूपमा सहभागी भएको उल्लेख गरेका छन्। विशेषगरी मधेश आन्दोलनलगायतका राजनीतिक गतिविधिमा समेत आफ्नो सक्रिय भूमिका रहेको उनको भनाइ छ।जय नेपाल पार्टीले सर्राफलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिँदै पर्सा र रौतहट जिल्लामा संगठन निर्माणको जिम्मेवारी दिएको बताइएको छ। नयाँ जिम्मेवारीसँगै पार्टीको संगठन विस्तार, जनसम्पर्क तथा राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउन आफूले भूमिका खेल्ने सर्राफले प्रतिबद्धता जनाएका छन्।उनले आफ्नो १७ वर्ष लामो राजनीतिक अनुभव, क्षमता र सक्रियतालाई पार्टीको संगठन विस्तारमा उपयोग गर्दै जय नेपाल पार्टीलाई देशव्यापी रूपमा बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न योगदान गर्ने बताएका छन्।जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशम्शेर राणाबारे धारणा राख्दै सर्राफले राणा देश र जनताप्रति जिम्मेवार हुनुका साथै हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा स्पष्ट धारणा राख्ने नेता भएको बताएका छन्। अध्यक्ष राणाले वर्तमान गणतान्त्रिक व्यवस्थाप्रति असहमति राख्दै आएको समेत सर्राफको दाबी छ।देशको वर्तमान राजनीतिक अवस्थाबाट मुलुकलाई निकास दिँदै नेपाली जनता र भावी पुस्ताको भविष्य सुनिश्चित गर्न जय नेपाल पार्टीले वैकल्पिक राजनीतिक शक्तिका रूपमा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको सर्राफले बताएका छन्।नेपाल र नेपालीको भविष्य सुनिश्चित गर्न जय नेपाल पार्टीको विकल्प नरहेको दाबी गर्दै उनले पार्टीलाई देशव्यापी रूपमा बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।सर्राफको जय नेपाल पार्टीमा प्रवेशसँगै पर्सा र रौतहटमा पार्टीको संगठन विस्तारले थप गति लिने अपेक्षा गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment