Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महत्तोबाट जिल्ला प्रहरी कार्यालय पर्साको भ्रमण तथा अवलोकन

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 50 views

वीरगञ्ज, भाद्र २२, मधेश प्रदेश सरकारका माननीय गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महत्तोज्यूले जिल्ला प्रहरी कार्यालय पर्साको भ्रमण तथा अवलोकन गर्नुभएको छ। भ्रमणका क्रममा मन्त्री महत्तोज्यूले जिल्ला प्रहरी कार्यालय पर्साको समग्र सुरक्षा व्यवस्थापन, प्रहरी कार्यसम्पादन, शान्ति–सुरक्षा तथा नागरिक सेवाको अवस्थाबारे जानकारी लिनुभएको हो।भ्रमणका क्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी अधिकृतहरूले जिल्लाको वर्तमान शान्ति–सुरक्षाको अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धान, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, ट्राफिक व्यवस्थापन, विपद् तथा आपत्कालीन अवस्थामा प्रहरीको परिचालनलगायतका विषयमा मन्त्री महत्तोज्यूलाई जानकारी गराउनुभएको थियो।मन्त्री महत्तोज्यूले नागरिकको सुरक्षा, कानूनको प्रभावकारी कार्यान्वयन र सुशासन कायम गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै प्रहरी संगठनले आफ्नो जिम्मेवारीलाई थप प्रभावकारी, जवाफदेही र नागरिकमैत्री ढंगले निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सुरक्षा निकाय र स्थानीय नागरिकबीचको सहकार्यलाई बलियो बनाउँदै समाजमा शान्ति, सुरक्षा र विश्वासको वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो।विशेषगरी सीमा सुरक्षा तथा सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकताका साथ अघि बढाउन, सूचना संकलन तथा विश्लेषण प्रणालीलाई प्रभावकारी बनाउन र कानूनविपरीतका गतिविधिमाथि निष्पक्ष एवं प्रभावकारी अनुसन्धान गर्न मन्त्री महत्तोज्यूले निर्देशन दिनुभयो।उहाँले प्रहरी कर्मचारीहरूले सेवाग्राहीसँग गर्ने व्यवहारलाई अझ शिष्ट, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिँदै कुनै पनि नागरिकले प्रहरी कार्यालयबाट सहज, निष्पक्ष र सम्मानजनक सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताउनुभयो। प्रहरीको कार्यसम्पादनमा व्यावसायिकता, अनुशासन र मानवअधिकारको सम्मानलाई सदैव केन्द्रमा राख्नसमेत उहाँले आग्रह गर्नुभयो।भ्रमणका क्रममा मन्त्री महत्तोज्यूले प्रहरी कार्यालयका विभिन्न शाखा तथा कार्यकक्षहरूको समेत अवलोकन गर्नुभएको थियो। उहाँले प्रहरी कर्मचारीहरूको कार्यस्थल, उपलब्ध स्रोत–साधन तथा कार्यालय सञ्चालनको अवस्थाबारे जानकारी लिनुका साथै कार्यसम्पादनमा देखिएका समस्या र आवश्यकताबारे समेत छलफल गर्नुभयो।मन्त्री महत्तोज्यूले प्रदेश सरकार सुरक्षा निकायलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्दै मधेश प्रदेशमा शान्ति–सुरक्षा सुदृढ, कानूनको शासन प्रभावकारी र नागरिकको सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो।भ्रमणका क्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी अधिकृत तथा जवानहरूको सहभागिता रहेको थियो। भ्रमणले जिल्लाको सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार र सुरक्षा निकायबीचको समन्वय तथा सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment