Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

इरानमा फसेका नेपाली अमृत झा रिहा, स्वदेश फर्काउने तयारी तीव्र

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 35 views
MITHILA TIMESmithila-times.com

इरानको नियन्त्रणमा रहेका ३३ वर्षीय नेपाली युवा अमृत झा रिहा भएका छन्। रिहाइसँगै नेपाल सरकारको परराष्ट्र मन्त्रालयले उनलाई स्वदेश फर्काउन पहल सुरु गरेको जनाएको छ। तेहरानस्थित नेपाली अनररी कन्सुल जनरलमार्फत स्थानीय अदालतबाट रिहाइ आदेश आएको भन्ने जानकारी अनौपचारिक रूपमा प्राप्त भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उक्त आदेशको विस्तृत विवरण माग गरिएको छ र आवश्यक प्रक्रिया पूरा गरी झालाई नेपाल ल्याउन तेहरानस्थित कन्सुल जनरल तथा दोहास्थित नेपाली दूतावासमार्फत पहल जारी राखिएको छ। झाको सुरक्षित स्वदेश फिर्तीका लागि कूटनीतिक पहल तीव्र पारिएको मन्त्रालयले उल्लेख गरेको छ।

About The Author

Mithila Times

Leave a Comment