Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

‎एमालेद्वारा सडक प्रदर्शन: बादलमाथि गृहमन्त्री गुरुङको व्यवहारप्रति आपत्ति

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 12 views

‎काठमाडौं — नेकपा एमालेका कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता राम बहादुर थापा ‘बादल’ बोल्दै गरेको समयमा गृहमन्त्री सुदन गुरुङले धारे हात लगाएको आरोप लगाउँदै एमालेले सडक प्रदर्शन गरेको छ।‎घटनाप्रति आपत्ति जनाउँदै एमालेका नेता तथा कार्यकर्ताहरूले उक्त व्यवहारलाई अस्वीकार्य र असंसदीय भन्दै विरोध जनाएका हुन्। उनीहरूले गृहमन्त्री गुरुङले सार्वजनिक रूपमा देखाएको व्यवहारले लोकतान्त्रिक मूल्य र राजनीतिक मर्यादामाथि आघात पुगेको दाबी गरेका छन्।‎प्रदर्शनका क्रममा एमाले समर्थकहरूले सरकारविरुद्ध नाराबाजी गर्दै गृहमन्त्रीसँग सार्वजनिक रूपमा स्पष्टीकरण माग गरेका छन्। साथै, यस्तो घटनाले राजनीतिक वातावरणमा तनाव सिर्जना गर्न सक्ने भन्दै संयमता अपनाउन आग्रह गरिएको छ।‎उक्त घटनाबारे गृहमन्त्री गुरुङको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। राजनीतिक वृत्तमा भने यस विषयलाई लिएर चासो बढ्दै गएको छ।‎

About The Author

Mithila Times

Leave a Comment