Uncategorized
धनुषा–१ मा SEE दिन लागेका विद्यार्थीलाई श्री राम जानकी युवा क्लबको शुभकामना तथा हौसला कार्यक्रम सम्पन्न

MITHILA TIMESmithila-times.com
आज मिति २०८२/१२/०७ गते शनिबार, जिल्ला धनुषा मिथिला बिहारी नगरपालिका–१ भुतही पटेर्वामा स्थापित श्री राम जानकी युवा क्लबको आयोजनामा SEE दिन लागेका विद्यार्थी भाइबहिनीहरूलाई शुभकामना तथा हौसला प्रदान गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
क्लबका अध्यक्ष श्री सन्तोष कुमार मण्डलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षा दिन प्रेरित गरिएको थियो। साथै, उज्ज्वल भविष्यको कामना व्यक्त गर्दै सफलताको शुभकामना प्रदान गरिएको थियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति क्लब हार्दिक धन्यवाद व्यक्त गर्दछ।
नोट: SEE परीक्षा पश्चात उत्कृष्ट अंक ल्याउने ४ जना विद्यार्थीलाई क्लबको निर्णय अनुसार सम्मान तथा पुरस्कार प्रदान गरिनेछ।






