Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
Uncategorized

न्याय खोज्दा पनि पीडित कुटिँदै — अदालतको आदेश लत्याइयो, प्रहरी मौन

By Mithila Times ६ महिना अगाडि ६ महिना अगाडि 17 views
MITHILA TIMESmithila-times.com

४ चैत, वीरगञ्ज

पर्साको वीरगञ्ज महानगरपालिका–१६ मा घटिरहेको एक घटनाले कानुनी शासनमाथि गम्भीर प्रश्न खडा गरेको छ। अदालतको आदेश हुँदाहुँदै पनि एक पीडित परिवारमाथि निरन्तर कुटपिट र धम्की भइरहेको आरोप छ, तर प्रहरी प्रशासन भने मौन बसेको पीडितको गुनासो छ।पीडिता खुश्बू श्रीवास्तवका अनुसार, भारतको बिहार राज्यबाट आएका केही व्यक्तिहरूले बिना स्पष्ट कारण बारम्बार घरमै पसेर आक्रमण गर्ने, गालीगलौज गर्ने र ज्यान मार्ने धम्की दिने गरेका छन्। “हामीसँग कुनै व्यक्तिगत विवाद छैन, तर योजनाबद्ध रूपमा आक्रमण भइरहेको छ,” उनले बताइन्।घटनाका क्रममा उनका श्रीमान् गम्भीर घाइते भएका छन्। एक आक्रमणमा उनको दाहिने कानको करिब ७० प्रतिशत श्रवणशक्ति गुमेको दाबी गरिएको छ भने अर्को घटनामा इँटा–ढुंगाको प्रहारबाट गम्भीर चोट लागेको छ। ज्यान जोगाउन गएका वृद्ध ससुरासमेत घाइते भएका छन्।पीडितका अनुसार उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जको सुरक्षा सम्बन्धी आदेशसमेत उल्लंघन गरिएको छ। अदालतले संरक्षणका लागि आदेश दिए पनि आरोपितहरू झन् सक्रिय हुँदै पुनः आक्रमणमा उत्रिएको दाबी गरिएको छ।पीडित परिवारले जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता लगायत विभिन्न निकायमा उजुरी दिँदा पनि प्रभावकारी अनुसन्धान नभएको र उल्टै मिलेमतो भएको आशंका गर्नुपर्ने अवस्था आएको बताएका छन्।बसपार्क प्रहरी चौकीदेखि नारायणी अस्पतालसम्म धाउँदा पनि न्याय नपाएको गुनासो पीडितले गरेका छन्। मेडिकल रिपोर्ट, घाइते प्रमाण र निवेदन हुँदाहुँदै पनि दोषीहरू खुलेआम घुमिरहेको भन्दै प्रहरीको भूमिकामाथि प्रश्न उठाइएको छ।जिल्ला प्रहरी प्रमुखले छानबिनका लागि निर्देशन दिएको भनिए पनि महिनौँ बित्दा समेत कुनै ठोस प्रगति नदेखिएको पीडितको आरोप छ।यस घटनाले अदालतको आदेश कार्यान्वयन, पीडितको सुरक्षा र प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ।

About The Author

Mithila Times

Leave a Comment