Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

छापिएका १,६७३ सवारी लाइसेन्स लिन यातायात विभागको आग्रह

By Mithila Times ६ महिना अगाडि ६ महिना अगाडि 16 views
MITHILA TIMESmithila-times.com

काठमाडौं — यातायात व्यवस्था विभागले छापिएका १ हजार ६७३ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन सेवाग्राहीलाई आग्रह गरेको छ। विभागले सोमबार आफ्नो आधिकारिक फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।विभागका अनुसार हालसम्म छापिइसकेका ती सवारी चालक अनुमतिपत्र सम्बन्धित व्यक्तिहरूले समयमै नलिएको पाइएकाले लिन आउन अनुरोध गरिएको हो। लाइसेन्स लिन आउँदा सेवाग्राहीहरूले सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने विभागले जनाएको छ।विभागले आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो सवारी चालक अनुमतिपत्र बुझ्न सबै सेवाग्राहीलाई अनुरोध गरेको छ। साथै लाइसेन्स प्राप्तिमा ढिलाइ नगर्न पनि विभागले आग्रह गरेको छ।

About The Author

Mithila Times

Leave a Comment