Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

छापिएका १,६७३ सवारी लाइसेन्स लिन यातायात विभागको आग्रह

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 30 views
MITHILA TIMESmithila-times.com

काठमाडौं — यातायात व्यवस्था विभागले छापिएका १ हजार ६७३ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन सेवाग्राहीलाई आग्रह गरेको छ। विभागले सोमबार आफ्नो आधिकारिक फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।विभागका अनुसार हालसम्म छापिइसकेका ती सवारी चालक अनुमतिपत्र सम्बन्धित व्यक्तिहरूले समयमै नलिएको पाइएकाले लिन आउन अनुरोध गरिएको हो। लाइसेन्स लिन आउँदा सेवाग्राहीहरूले सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने विभागले जनाएको छ।विभागले आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो सवारी चालक अनुमतिपत्र बुझ्न सबै सेवाग्राहीलाई अनुरोध गरेको छ। साथै लाइसेन्स प्राप्तिमा ढिलाइ नगर्न पनि विभागले आग्रह गरेको छ।

About The Author

Mithila Times

Leave a Comment