Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

पर्सा–२ बाट रास्वपाका सुशील साह कानु निर्वाचित, प्रमाणपत्र ग्रहण

By Mithila Times ६ महिना अगाडि ६ महिना अगाडि 17 views
MITHILA TIMESmithila-times.com

पर्सा — प्रतिनिधिसभा सदस्य पदका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानुले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आयोजित कार्यक्रममा कानुले औपचारिक रूपमा प्रमाणपत्र बुझ्दै जनताले दिएको विश्वासलाई सम्मान गर्दै क्षेत्रको विकास र जनअपेक्षा पूरा गर्न प्रतिबद्ध रहने बताएका छन्।हालै सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा सुशील साह कानु विजयी भएपछि उनका समर्थक तथा कार्यकर्ताले खुसीयाली मनाएका छन्। पर्सा–२ मा रास्वपाको यो जितलाई स्थानीय स्तरमा महत्त्वपूर्ण राजनीतिक उपलब्धिका रूपमा हेरिएको छ।

About The Author

Mithila Times

Leave a Comment