Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

पर्सा–१ का नवनिर्वाचित सांसद हरि पन्तद्वारा वीरगञ्जमा शहीदहरूको सालिकमा माल्यार्पण

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 29 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि पन्तले वीरगञ्जस्थित शहीदहरूको सालिकमा माल्यार्पण गरेका छन्।निर्वाचनमा विजयी भएपछि पन्तले समर्थक तथा कार्यकर्तासहित वीरगञ्ज पुगेर देशका लागि बलिदान दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सालिकमा माल्यार्पण गरेका हुन्।सो अवसरमा उनले शहीदहरूको त्याग र बलिदानलाई स्मरण गर्दै जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले लोकतन्त्रको रक्षा र विकासका लागि आफूले इमान्दारीपूर्वक काम गर्ने पनि बताएका छन्।पर्सा–१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पन्तले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई पछि पार्दै विजय हासिल गरेका हुन्। निर्वाचन परिणाम सार्वजनिक भएसँगै वीरगञ्जसहित जिल्लाभर रास्वपाका समर्थकहरूले खुसीयाली मनाएका छन्।

About The Author

Mithila Times

Leave a Comment