Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

पर्सामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, प्रशासन र सुरक्षाकर्मीको भूमिका सराहनीय

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 32 views
MITHILA TIMESmithila-times.com

पर्सा — पर्सा जिल्लामा सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण तथा व्यवस्थित वातावरणमा सम्पन्न भएको छ। निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले प्रभावकारी भूमिका निर्वाह गरेका छन्।प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा प्रशासनिक संयन्त्र तथा सुरक्षाकर्मीहरू निर्वाचन अवधिभर उच्च सतर्कताका साथ परिचालन भएका थिए। कडा सुरक्षा व्यवस्था, निरन्तर अनुगमन तथा प्रभावकारी समन्वयका कारण जिल्लामा कुनै उल्लेखनीय अप्रिय घटना बिना मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको प्रशासनले जनाएको छ।निर्वाचनको सुरक्षा व्यवस्थापनमा प्रहरी निरीक्षक सुदीपराज पाठकसहित सुरक्षाकर्मीहरूको सक्रियता र कर्तव्यनिष्ठा पनि प्रशंसनीय रहेको सरोकारवालाहरूले बताएका छन्।स्थानीयवासी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सुदीपराज पाठकसहित सम्पूर्ण सुरक्षाकर्मीहरूको जिम्मेवार भूमिका र समर्पणप्रति धन्यवाद व्यक्त गर्दै प्रशंसा गरेका छन्।

About The Author

Mithila Times

Leave a Comment