Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
Uncategorized

पर्सामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, प्रशासन र सुरक्षाकर्मीको भूमिका सराहनीय

By Mithila Times ६ महिना अगाडि ६ महिना अगाडि 14 views
MITHILA TIMESmithila-times.com

पर्सा — पर्सा जिल्लामा सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण तथा व्यवस्थित वातावरणमा सम्पन्न भएको छ। निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले प्रभावकारी भूमिका निर्वाह गरेका छन्।प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा प्रशासनिक संयन्त्र तथा सुरक्षाकर्मीहरू निर्वाचन अवधिभर उच्च सतर्कताका साथ परिचालन भएका थिए। कडा सुरक्षा व्यवस्था, निरन्तर अनुगमन तथा प्रभावकारी समन्वयका कारण जिल्लामा कुनै उल्लेखनीय अप्रिय घटना बिना मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको प्रशासनले जनाएको छ।निर्वाचनको सुरक्षा व्यवस्थापनमा प्रहरी निरीक्षक सुदीपराज पाठकसहित सुरक्षाकर्मीहरूको सक्रियता र कर्तव्यनिष्ठा पनि प्रशंसनीय रहेको सरोकारवालाहरूले बताएका छन्।स्थानीयवासी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सुदीपराज पाठकसहित सम्पूर्ण सुरक्षाकर्मीहरूको जिम्मेवार भूमिका र समर्पणप्रति धन्यवाद व्यक्त गर्दै प्रशंसा गरेका छन्।

About The Author

Mithila Times

Leave a Comment