Uncategorized
पर्साको वीरगञ्ज–३ मा शान्तिपूर्ण मतदान, कडा सुरक्षा व्यवस्थाबीच मतदाताको उत्साह

MITHILA TIMESmithila-times.com
पर्सा — प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पर्साको वीरगञ्ज महानगरपालिका–३ स्थित श्री महानगरपालिका आधारभूत विद्यालय मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।बिहानैदेखि मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगिरहेका छन्। मतदान स्थल वरपर नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा व्यवस्था मिलाइएको छ। सुरक्षाकर्मीहरूले प्रवेशद्वारमा मतदाताको लाइन व्यवस्थापन गर्दै सुरक्षित रूपमा मतदान प्रक्रिया अघि बढाइरहेका छन्।निर्वाचन आयोगले तोकेको नियमअनुसार मतदाताहरूले परिचयपत्र देखाएर मात्रै मतदान केन्द्रमा प्रवेश पाएका छन्। केन्द्रभित्र मतदान कक्ष, प्रतीक्षा लाइन तथा सुरक्षा घेरा व्यवस्थित रूपमा मिलाइएको छ, जसका कारण मतदाताहरूले सहज रूपमा आफ्नो मत खसाल्न पाइरहेका छन्।



