Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

निर्वाचन सुरक्षामा नयाँ रेकर्ड: मानवीय क्षतिरहित र शान्तिपूर्ण मतदान सम्पन्न

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 20 views
MITHILA TIMESmithila-times.com

काठमाडौं, २१ फाल्गुण — मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन उत्साहजनक र तुलनात्मक रूपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। निर्वाचन आयोग र सुरक्षा निकायका अनुसार यसपटकको निर्वाचनमा सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था नआएको र मानवीय क्षति बिना मतदान प्रक्रिया पूरा भएको छ।केही स्थानमा सामान्य विवाद र प्राविधिक अवरोध देखिए पनि सुरक्षाकर्मीको समन्वयमा अवस्था तत्काल नियन्त्रणमा लिइएको थियो। दोलखा र उदयपुरमा साना घटना भए पनि मानवीय क्षति नभएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।निर्वाचनमा करिब ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। लाठीचार्ज वा ठूलो सुरक्षा हस्तक्षेप नगरी सम्पन्न भएको यो निर्वाचनलाई सुरक्षा व्यवस्थापनको दृष्टिले सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।

About The Author

Mithila Times

Leave a Comment