Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

निर्वाचन सुरक्षामा नयाँ रेकर्ड: मानवीय क्षतिरहित र शान्तिपूर्ण मतदान सम्पन्न

By Mithila Times ६ महिना अगाडि ६ महिना अगाडि 10 views
MITHILA TIMESmithila-times.com

काठमाडौं, २१ फाल्गुण — मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन उत्साहजनक र तुलनात्मक रूपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। निर्वाचन आयोग र सुरक्षा निकायका अनुसार यसपटकको निर्वाचनमा सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था नआएको र मानवीय क्षति बिना मतदान प्रक्रिया पूरा भएको छ।केही स्थानमा सामान्य विवाद र प्राविधिक अवरोध देखिए पनि सुरक्षाकर्मीको समन्वयमा अवस्था तत्काल नियन्त्रणमा लिइएको थियो। दोलखा र उदयपुरमा साना घटना भए पनि मानवीय क्षति नभएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।निर्वाचनमा करिब ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। लाठीचार्ज वा ठूलो सुरक्षा हस्तक्षेप नगरी सम्पन्न भएको यो निर्वाचनलाई सुरक्षा व्यवस्थापनको दृष्टिले सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।

About The Author

Mithila Times

Leave a Comment