Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीबाट रक्सी र बियरसहित दुई जना पक्राउ

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 13 views
MITHILA TIMESmithila-times.com

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचार–प्रसारमा प्रयोग भइरहेको एक गाडीबाट रक्सी र बियर बरामद भएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित चेकजाँचका क्रममा प्रचारमा हिँडिरहेको उक्त गाडी रोकी जाँच गर्दा ठूलो परिमाणमा मदिराजन्य पदार्थ फेला परेको हो। निर्वाचन आचारसंहिताअनुसार मतदानको मिति नजिकिँदै गर्दा मदिरा ओसारपसार तथा वितरणमा कडाइ गरिएकाले प्रहरीले विशेष निगरानी बढाएको जनाएको छ।प्रहरीले गाडीमा सवार दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ। बरामद मदिरा कसरी र किन ल्याइँदै थियो भन्नेबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।निर्वाचन आचारसंहिता उल्लंघन भएको आशंकामा घटनाबारे थप छानबिन भइरहेको र दोषी ठहर भए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।यस घटनापछि सम्बन्धित राजनीतिक दलका स्थानीय नेताहरू समेत घटनास्थल पुगेका थिए। प्रहरीले भने अनुसन्धान प्रभावित नहुने गरी कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

About The Author

Mithila Times

Leave a Comment