Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीबाट रक्सी र बियरसहित दुई जना पक्राउ

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 33 views
MITHILA TIMESmithila-times.com

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचार–प्रसारमा प्रयोग भइरहेको एक गाडीबाट रक्सी र बियर बरामद भएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित चेकजाँचका क्रममा प्रचारमा हिँडिरहेको उक्त गाडी रोकी जाँच गर्दा ठूलो परिमाणमा मदिराजन्य पदार्थ फेला परेको हो। निर्वाचन आचारसंहिताअनुसार मतदानको मिति नजिकिँदै गर्दा मदिरा ओसारपसार तथा वितरणमा कडाइ गरिएकाले प्रहरीले विशेष निगरानी बढाएको जनाएको छ।प्रहरीले गाडीमा सवार दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ। बरामद मदिरा कसरी र किन ल्याइँदै थियो भन्नेबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।निर्वाचन आचारसंहिता उल्लंघन भएको आशंकामा घटनाबारे थप छानबिन भइरहेको र दोषी ठहर भए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।यस घटनापछि सम्बन्धित राजनीतिक दलका स्थानीय नेताहरू समेत घटनास्थल पुगेका थिए। प्रहरीले भने अनुसन्धान प्रभावित नहुने गरी कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

About The Author

Mithila Times

Leave a Comment