बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत सिमरास्थित समुन्नत नेपाल पार्टीको कार्यालयमा तोडफोड गर्ने प्रयास भएको आरोप लागेको छ। पूर्व IGP तथा उम्मेदवार सर्बेन्द्र खनाल पक्षका अनुसार रास्वपा उम्मेदवार रहबर अन्सारी निकट केही युवाहरुले नाराबाजी गर्दै पार्टीका ब्यानर च्यात्ने र चुनाव चिन्हसम्बन्धी झण्डा निकाल्ने प्रयास गरेका थिए। घटनापछि केही समय क्षेत्र तनावग्रस्त बनेको थियो भने संलग्न भनिएका युवाहरु स्थलबाट फरार भएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको
