Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

खेतमा फेला पर्यो शव, प्रेम विवादपछि क्रूर हत्या

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 12 views
MITHILA TIMESmithila-times.com

जनकपुरधाम । धनुषामा प्रेम सम्बन्धका कारण १९ वर्षीय एक युवकको निर्मम हत्या भएको घटना सार्वजनिक भएको छ। हंसपुर नगरपालिका–९ रुदौलीका सुमित मण्डल औरही गाउँपालिका–६ स्थित खेतमा मृत अवस्थामा फेला परेका थिए। उनको घाँटी धारिलो हतियार प्रयोग गरी रेटिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषा का अनुसार मृतक र स्थानीय एक किशोरीबीच करिब एक वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। परिवारको असहमति र त्यसबाट उत्पन्न आक्रोशका कारण हत्या गरिएको आशंका गरिएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। हत्या गर्न प्रयोग गरिएको खुकुरी, मोटरसाइकल तथा बाँध्न प्रयोग गरिएको सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने मृतकका परिवारजनले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। यस घटनाले समाजमा प्रेम सम्बन्धप्रति पारिवारिक दृष्टिकोण र त्यसबाट उत्पन्न हिंसाबारे गम्भीर प्रश्न खडा गरेको छ।

About The Author

Mithila Times

Leave a Comment