Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

खेतमा फेला पर्यो शव, प्रेम विवादपछि क्रूर हत्या

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 29 views
MITHILA TIMESmithila-times.com

जनकपुरधाम । धनुषामा प्रेम सम्बन्धका कारण १९ वर्षीय एक युवकको निर्मम हत्या भएको घटना सार्वजनिक भएको छ। हंसपुर नगरपालिका–९ रुदौलीका सुमित मण्डल औरही गाउँपालिका–६ स्थित खेतमा मृत अवस्थामा फेला परेका थिए। उनको घाँटी धारिलो हतियार प्रयोग गरी रेटिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषा का अनुसार मृतक र स्थानीय एक किशोरीबीच करिब एक वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। परिवारको असहमति र त्यसबाट उत्पन्न आक्रोशका कारण हत्या गरिएको आशंका गरिएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। हत्या गर्न प्रयोग गरिएको खुकुरी, मोटरसाइकल तथा बाँध्न प्रयोग गरिएको सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने मृतकका परिवारजनले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। यस घटनाले समाजमा प्रेम सम्बन्धप्रति पारिवारिक दृष्टिकोण र त्यसबाट उत्पन्न हिंसाबारे गम्भीर प्रश्न खडा गरेको छ।

About The Author

Mithila Times

Leave a Comment