Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

ज्यान गयो, दुई जना नियन्त्रणमा

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 26 views
MITHILA TIMESmithila-times.com

सर्लाही, फागुन — सर्लाही जिल्लाको बाँके–सङ्ग्रामपुर सडकखण्डअन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको भीषण सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।ईश्वरपुर नगरपालिका–१३ स्थित ईश्वरपुर नगरपालिका र हरिपुरवा नगरपालिकाको सीमाक्षेत्रमा राति करिब ८ बजेतिर दुर्घटना भएको थियो। दुर्घटनामा हरिपुरवा नगरपालिका–९, मिर्चैयाका ३० वर्षीय मुकेश राय र ३० वर्षीय रामज्ञान रायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।भारतीय नम्बर प्लेटका बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकलहरू दुर्घटनाग्रस्त अवस्थामा फेला परेका थिए। स्थानीयबाट सूचना पाएपछि प्रहरी चौकी गौरीशङ्करको टोली घटनास्थलमा पुगेको थियो।गम्भीर घाइते अवस्थामा रहेका दुवै जनालाई तत्काल उद्धार गरी मोडेल अस्पताल लालबन्दी लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएकोमा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका छन्।दुर्घटनामा संलग्न अन्य दुई जना—२२ वर्षीय बिक्रम राय र ४२ वर्षीय रामविश्वास राय—सामान्य घाइते भएका छन्। उनीहरूलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।यस दुर्घटनाले स्थानीय क्षेत्रमा शोक र चिन्ता फैलाएको छ भने सडक सुरक्षाबारे पुनः प्रश्न उठाएको छ।

About The Author

Mithila Times

Leave a Comment