लक्षित गर्दै वीरगञ्ज सहित पर्सा जिल्ला का विभिन्न मतदान स्थलहरूको स्थलगत निरीक्षण तथा अनुगमन कार्य तीव्र पारिएको छ।जिल्ला प्रशासन कार्यालय पर्सा का प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा सोमबार विभिन्न मतदान केन्द्रहरूको अनुगमन गरिएको हो। अनुगमनका क्रममा मतदान स्थलहरूको भौतिक पूर्वाधार, सुरक्षा व्यवस्थापन, मतदाता आवत–जावतको सहजता, संवेदनशील तथा अति संवेदनशील क्षेत्रहरूको अवस्था लगायतका विषयमा विस्तृत मूल्याङ्कन गरिएको प्रशासनले जनाएको छ।निर्वाचनलाई निष्पक्ष, सुरक्षित र व्यवस्थित ढंगले सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ। सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन विशेष रणनीति अपनाइएको बताइएको छ।अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन आयोग नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।प्रशासनका अनुसार संवेदनशील मतदान स्थलहरूमा विशेष सुरक्षा घेरा तयार गरिएको छ भने नियमित अनुगमनलाई निरन्तरता दिइनेछ। मतदातालाई निर्धक्क र भयमुक्त वातावरणमा मतदान गर्न आह्वान गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।जिल्ला प्रशासनले सबै सरोकारवाला निकायबीच समन्वय सुदृढ गरी निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेको