Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

जेन–जी प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ नगर्न सरकारलाई सर्वेन्द्र खनाल को चेतावनी

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 12 views
MITHILA TIMESmithila-times.com

बारा, ४ फाल्गुन २०८२।
समुन्नत नेपाल पार्टीका सभापति तथा पूर्व आइजीपी सर्वेन्द्र खनाल ले जेन–जी छानवीन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग कडा माग गरेका छन्। आयोगको म्याद थप गरी प्रतिवेदन अल्मल्याउने प्रयास भइरहेको आरोप लगाउँदै उनले सत्य तथ्य लुकाउन खोजिए आन्दोलनको उद्देश्य कमजोर हुने बताएका हुन्।
नागरिकन्यूजसँगको कुराकानीमा अध्यक्ष खनालले जेन–जी आन्दोलन केवल निर्वाचनको मागमा सीमित नभएको स्पष्ट पारे। “आन्दोलन सुशासन, उत्तरदायित्व र कानुनी कारबाही सुनिश्चित गर्नका लागि थियो। २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मा सार्ने विषय मात्र यसको लक्ष्य होइन,” उनले भने।
उनका अनुसार भदौ २३ र २४ का घटनामा संलग्न व्यक्तिहरू नै अहिले चुनावी प्रतिस्पर्धामा छन्। “आन्दोलन दबाउने र विध्वंस गर्ने दुवै पक्ष चुनावी मैदानमा छन्। आयोगको प्रतिवेदनले दोष देखाएपछि उनीहरूलाई जोगाउन खोजिएको छ,” उनले आरोप लगाए। उनले आयोगलाई तत्काल प्रतिवेदन सरकारलाई बुझाई सार्वजनिक गर्न र दोषी ठहरिएकामाथि कारबाही सिफारिस गर्न आग्रह गरे।
खनालले निर्वाचन प्रक्रियाप्रति नै प्रश्न उठाउँदै सर्वपक्षीय सरकार गठनको प्रस्तावसमेत अघि सारे। “दोष बोकेकाहरू नै संसद र सरकारमा जाने हो भने आयोगको प्रतिवेदन कसरी कार्यान्वयन हुन्छ?” भन्दै उनले पारदर्शिता र निष्पक्षताको सुनिश्चितता आवश्यक रहेको धारणा राखे।
पूर्व प्रहरी महानिरीक्षक खनाल हाल बारा जिल्ला क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। उनले इमान्दारिता, अनुशासन र स्पष्ट नीतिका कारण समुन्नत नेपाल पार्टीप्रति जनसमर्थन बढ्दो क्रममा रहेको दाबी गरे।

About The Author

Mithila Times

Leave a Comment