Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

जेन–जी प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ नगर्न सरकारलाई सर्वेन्द्र खनाल को चेतावनी

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 23 views
MITHILA TIMESmithila-times.com

बारा, ४ फाल्गुन २०८२।
समुन्नत नेपाल पार्टीका सभापति तथा पूर्व आइजीपी सर्वेन्द्र खनाल ले जेन–जी छानवीन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग कडा माग गरेका छन्। आयोगको म्याद थप गरी प्रतिवेदन अल्मल्याउने प्रयास भइरहेको आरोप लगाउँदै उनले सत्य तथ्य लुकाउन खोजिए आन्दोलनको उद्देश्य कमजोर हुने बताएका हुन्।
नागरिकन्यूजसँगको कुराकानीमा अध्यक्ष खनालले जेन–जी आन्दोलन केवल निर्वाचनको मागमा सीमित नभएको स्पष्ट पारे। “आन्दोलन सुशासन, उत्तरदायित्व र कानुनी कारबाही सुनिश्चित गर्नका लागि थियो। २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मा सार्ने विषय मात्र यसको लक्ष्य होइन,” उनले भने।
उनका अनुसार भदौ २३ र २४ का घटनामा संलग्न व्यक्तिहरू नै अहिले चुनावी प्रतिस्पर्धामा छन्। “आन्दोलन दबाउने र विध्वंस गर्ने दुवै पक्ष चुनावी मैदानमा छन्। आयोगको प्रतिवेदनले दोष देखाएपछि उनीहरूलाई जोगाउन खोजिएको छ,” उनले आरोप लगाए। उनले आयोगलाई तत्काल प्रतिवेदन सरकारलाई बुझाई सार्वजनिक गर्न र दोषी ठहरिएकामाथि कारबाही सिफारिस गर्न आग्रह गरे।
खनालले निर्वाचन प्रक्रियाप्रति नै प्रश्न उठाउँदै सर्वपक्षीय सरकार गठनको प्रस्तावसमेत अघि सारे। “दोष बोकेकाहरू नै संसद र सरकारमा जाने हो भने आयोगको प्रतिवेदन कसरी कार्यान्वयन हुन्छ?” भन्दै उनले पारदर्शिता र निष्पक्षताको सुनिश्चितता आवश्यक रहेको धारणा राखे।
पूर्व प्रहरी महानिरीक्षक खनाल हाल बारा जिल्ला क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। उनले इमान्दारिता, अनुशासन र स्पष्ट नीतिका कारण समुन्नत नेपाल पार्टीप्रति जनसमर्थन बढ्दो क्रममा रहेको दाबी गरे।

About The Author

Mithila Times

Leave a Comment