Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

‎वीरगन्ज कपडा बैंकद्वारा मासिक नि:शुल्क कपडा‎ वितरण, करिब १ हजार थान कपडा वितरण‎

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 14 views
MITHILA TIMESmithila-times.com

वीरगन्ज, २३ माघ – वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा मासिक नि:शुल्क कपडा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकले प्रत्येक आइतबारदेखि शुक्रबार बिहान १०:३० बजे देखि बेलुका ५ बजे सम्म आफ्नो कार्यालय, वीरगन्ज-८ बाट गरीब र असहाय व्यक्तिहरूलाई निशुल्क कपडा उपलब्ध गराउँदै आएको छ। यसपटक घण्टाघरमा पुराना र नयाँ गरी करिब १ हजार थान कपडा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्रले जानकारी दिनुभयो।‎कार्यक्रम वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथीका रूपमा बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बैंकका सल्लाहकारहरू अधिवक्ता पन्नालाल गुप्ता र अधिवक्ता प्रकाश कुमार उपाध्याय, समाजसेवी वरुण चौरसिया, साथै बार एसोसिएसन पर्साका सदस्यहरू, आइज नेपाल पर्साका कोषाध्यक्ष, बैंक सदस्यहरू र पत्रकारहरू उपस्थित थिए।‎सो अवसरमा प्रमुख अतिथी कुर्मिले भन्नुभयो, “जोसँग धेरै कपडा छ, हामीलाई दिईदिनुहोस् र आवश्यक व्यक्तिले निशुल्क लिएर जान सक्ने व्यवस्था गर्नुहोस्।” उहाँले थप गर्नुभयो कि विगत ७ वर्षदेखि बैंकले आगलागी, बाढी, शितलहर र अन्य विपत्तिमा पिडितहरूलाई सहयोग गर्दै आएको छ। उहाँले दाताहरूलाई आफ्नो आम्दानीको ५–१० प्रतिशत सेवा क्षेत्रमा खर्च गरी मानवता बलियो बनाउने प्रेरणा दिनुभयो।‎अध्यक्ष लालबाबू सिंहले बैंकको काममा सहयोग पुर्याउने सम्पूर्ण दाता, सुभेच्छुक, सल्लाहकार र सदस्यहरू प्रति धन्यवाद व्यक्त गर्नु भएको छ।‎वीरगन्ज कपडा बैंकले यस प्रकारको सेवा अभियानलाई निरन्तरता दिँदै समाजका असहाय वर्गको जीवनमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।

About The Author

Mithila Times

Leave a Comment