Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
Uncategorized

बीरगन्ज–१५ नयाँ बस्तीमा ठूलो चोरी : ५० लाख बराबरका गरगहना र नगद लुटियो

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 13 views
MITHILA TIMESmithila-times.com

बीरगन्ज महानगरपालिका–१५ नयाँ बस्तीस्थित एनआई क्लेज टोलमा करिब ५० लाख रुपैयाँ बराबरका गरगहना तथा नगद चोरी भएको छ। घरधनीसहित सम्पूर्ण परिवार काठमाडौं गएको मौका छोपी अज्ञात समूहले योजनाबद्ध रूपमा घरभित्र प्रवेश गरी लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्राप्त जानकारीअनुसार चोरीमा संलग्न व्यक्तिहरूले घरको ढोका तथा ताल्चा तोडफोड गरी भित्र रहेका सुन–चाँदीका बहुमूल्य गरगहना तथा ठूलो परिमाणको नगद रकम चोरी गरेका हुन्। लामो समय घर सुनसान रहेको अवस्थामा घटना घटाइएको आशंका गरिएको छ।
काठमाडौंबाट फर्किएपछि घरधनीले ढोका–ताल्चा फुटेको र घरभित्र रहेका बहुमूल्य सामग्रीहरू हराएको देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए। सूचनापछि घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का उठाई आवश्यक अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार घटनास्थल वरपर रहेका सीसीटीभी फुटेजको अध्ययन, स्थानीयसँग सोधपुछ तथा प्राविधिक विश्लेषणमार्फत चोरीमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको छ। यस घटनाले नयाँ बस्ती क्षेत्रका स्थानीयमा त्रास र असुरक्षाको भावना बढाएको छ भने चोरी नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा बनाउन मागसमेत उठ्न थालेको छ।
प्रहरीले चाँडै दोषी पहिचान गरी कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment