Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

बारा जिल्लाका गाउँ–गाउँमा पूर्व आइजिपी सर्बेन्द्र खनालको सक्रिय उपस्थिति, जनतामा नयाँ आशा र उत्साह

By Mithila Times ९ महिना अगाडि ९ महिना अगाडि 27 views
MITHILA TIMESmithila-times.com

बारा जिल्लाका गाउँ–गाउँमा पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) सर्बेन्द्र खनालको सक्रिय उपस्थितिले स्थानीय जनतामा नयाँ आशा र उत्साह फैलिएको छ। घर–दैलो अभियानमार्फत प्रत्यक्ष रूपमा जनतासँग भेटघाट गर्दै खनाल जनताको दुख, समस्या र अपेक्षाहरू ध्यानपूर्वक सुन्दै मैदानमै सक्रिय देखिएका छन्।तीन दशकभन्दा बढी समय देशसेवामा बिताएका खनाललाई नजिकबाट देख्न र आफ्ना कुरा राख्न पाउँदा स्थानीय जनता उत्साहित देखिन्छन्। “नेता होइन, सेवक चाहिन्छ” भन्ने स्पष्ट सन्देशसहित गाउँ–बस्ती पुगेका खनालप्रति युवा, किसान, मजदुरदेखि ज्येष्ठ नागरिकसम्मको आकर्षण दिनानुदिन बढ्दै गएको छ।घर–दैलो क्रममा खनालले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सुरक्षा र सुशासनका विषयमा जनताका गुनासा सुन्दै समाधानमुखी प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। स्थानीयवासीका अनुसार लामो समयपछि जनताको आँगनमै पुगेर समस्या सुन्ने र संवाद गर्ने नेतृत्व देखिएको हो।बारा–४ मात्र नभई पूरै बारा जिल्लामा खनालको आगमनलाई परिवर्तनको संकेतका रूपमा हेरिएको छ। जनताको घर–आँगनबाट उठेको यो उत्साह र विश्वासले आगामी राजनीतिक समीकरणमा नयाँ मोड ल्याउने संकेत देखिएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।

About The Author

Mithila Times

Leave a Comment