Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

बारा जिल्लाका गाउँ–गाउँमा पूर्व आइजिपी सर्बेन्द्र खनालको सक्रिय उपस्थिति, जनतामा नयाँ आशा र उत्साह

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 15 views
MITHILA TIMESmithila-times.com

बारा जिल्लाका गाउँ–गाउँमा पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) सर्बेन्द्र खनालको सक्रिय उपस्थितिले स्थानीय जनतामा नयाँ आशा र उत्साह फैलिएको छ। घर–दैलो अभियानमार्फत प्रत्यक्ष रूपमा जनतासँग भेटघाट गर्दै खनाल जनताको दुख, समस्या र अपेक्षाहरू ध्यानपूर्वक सुन्दै मैदानमै सक्रिय देखिएका छन्।तीन दशकभन्दा बढी समय देशसेवामा बिताएका खनाललाई नजिकबाट देख्न र आफ्ना कुरा राख्न पाउँदा स्थानीय जनता उत्साहित देखिन्छन्। “नेता होइन, सेवक चाहिन्छ” भन्ने स्पष्ट सन्देशसहित गाउँ–बस्ती पुगेका खनालप्रति युवा, किसान, मजदुरदेखि ज्येष्ठ नागरिकसम्मको आकर्षण दिनानुदिन बढ्दै गएको छ।घर–दैलो क्रममा खनालले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सुरक्षा र सुशासनका विषयमा जनताका गुनासा सुन्दै समाधानमुखी प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। स्थानीयवासीका अनुसार लामो समयपछि जनताको आँगनमै पुगेर समस्या सुन्ने र संवाद गर्ने नेतृत्व देखिएको हो।बारा–४ मात्र नभई पूरै बारा जिल्लामा खनालको आगमनलाई परिवर्तनको संकेतका रूपमा हेरिएको छ। जनताको घर–आँगनबाट उठेको यो उत्साह र विश्वासले आगामी राजनीतिक समीकरणमा नयाँ मोड ल्याउने संकेत देखिएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।

About The Author

Mithila Times

Leave a Comment