Uncategorized
वीरगञ्ज–कलैया सडकखण्डमा ट्रकले स्कुटरलाई ठक्कर दियो

MITHILA TIMESmithila-times.com
आइतबार बिहान वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ४१०२ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको मा.प्र.०३–०२७प ७८२९ नम्बरको स्कुटरलाई ठक्कर दिएको छ। दुर्घटना वीरगञ्ज–कलैया सडकखण्डमा भएको हो। ठक्करपछि स्कुटर क्षतिग्रस्त भएको छ भने घटनास्थलमा स्थानीयको भीड लागेको थियो। दुर्घटनापछि ट्रक र स्कुटर दुवै सडकमा रोकिएका कारण केही समय यातायात प्रभावित भएको बताइएको छ।घटनाबारे थप विवरण र क्षतिको अवस्था सम्बन्धी जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।

