मिथिला बिहारी नगरपालिका–०१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित वडा स्तरीय वृहत भेला सम्पन्न भएको छ। भेलामा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममार्फत संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति र जनसरोकारका विषयमा छलफल गरिएको बताइएको छ।
भेलामा बोल्ने वक्ताहरूले सुशासन, पारदर्शिता र विकासमुखी राजनीति रास्वपाको मुख्य एजेन्डा रहेको उल्लेख गर्दै स्थानीय तहबाटै परिवर्तनको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, जनताको विश्वास जित्दै संगठन विस्तारलाई तीव्र बनाइने कुरामा जोड दिइयो।

