Breaking
धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह
News

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सुनसरी घटनापछि सुरक्षा अवस्थाबारे गहन समीक्षा

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 20 views
MITHILA TIMESmithila-times.com

काठमाडौं। मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्था तथा सुनसरीमा हालै भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिबारे समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा देशभरको सुरक्षा अवस्था, सम्भावित चुनौती तथा आवश्यक सुरक्षा रणनीतिबारे विस्तृत छलफल भइरहेको जनाइएको छ। विशेषगरी सुनसरी घटनापछि विकसित परिस्थितिको विश्लेषण गर्दै शान्ति–सुरक्षा थप प्रभावकारी बनाउने विषय बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ।संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति तथा रक्षा मन्त्रालयका सचिव सहभागी हुन्छन्।बैठकबाट देशको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने, संवेदनशील क्षेत्रको सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउने तथा पछिल्ला घटनापछि आवश्यक नीतिगत र सुरक्षा सम्बन्धी निर्णयहरू लिन सकिने अपेक्षा गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment