Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सुनसरी घटनापछि सुरक्षा अवस्थाबारे गहन समीक्षा

By Mithila Times ३ महिना अगाडि ३ महिना अगाडि 35 views
MITHILA TIMESmithila-times.com

काठमाडौं। मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्था तथा सुनसरीमा हालै भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिबारे समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा देशभरको सुरक्षा अवस्था, सम्भावित चुनौती तथा आवश्यक सुरक्षा रणनीतिबारे विस्तृत छलफल भइरहेको जनाइएको छ। विशेषगरी सुनसरी घटनापछि विकसित परिस्थितिको विश्लेषण गर्दै शान्ति–सुरक्षा थप प्रभावकारी बनाउने विषय बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ।संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति तथा रक्षा मन्त्रालयका सचिव सहभागी हुन्छन्।बैठकबाट देशको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने, संवेदनशील क्षेत्रको सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउने तथा पछिल्ला घटनापछि आवश्यक नीतिगत र सुरक्षा सम्बन्धी निर्णयहरू लिन सकिने अपेक्षा गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment