जे एन जि आन्दोलनपछि पर्सा जिल्लाका केही नेताहरूले गम्भीर आर्थिक समस्यामा परेको दाबी गरेका थिए। तर छोटो समयमै तिनै नेताहरूका घरहरू पुनःनिर्माण भएको र अहिले उनीहरू चुनावी प्रतिस्पर्धामा सक्रिय देखिनुले जनचासो बढाएको छ।घर पुनर्निर्माण र चुनावी खर्चको स्रोतबारे स्पष्टता आउनु पारदर्शिता र जवाफदेहिताको सामान्य अपेक्षा हो। जनताको विश्वास जित्न चाहने नेताहरूले यी प्रश्नमा खुलेर जवाफ दिनुपर्ने आवाज उठ्न थालेको छ।