Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
News

एपीएफ स्कुल घोटाला प्रकरण: लेखा अधिकृत कल्पना गुरुङसहित दुई जनालाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 17 views
MITHILA TIMESmithila-times.com

काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल (एपीएफ) स्कुलमा भएको भनिएको वित्तीय अनियमितता तथा घोटाला प्रकरणमा अनुसन्धानलाई तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ परेका दुई जनालाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त गरेको छ।विशेष अदालतको संयुक्त इजलासले एपीएफ स्कुलकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लिलाबहादुर तामाङलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले अख्तियारको मागबमोजिम म्याद थप गरेको जनाएको छ।दुवै जनालाई गत असार २० गते जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा काठमाडौं जिल्ला अदालतबाट पटक–पटक म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको थियो। पछि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा अनुसन्धान आवश्यक देखिएपछि जिल्ला सरकारी वकिल कार्यालय र प्रहरी परिसरको सिफारिसमा उनीहरूलाई साउन ८ गते अख्तियारको जिम्मा लगाइएको थियो।यसअघि जिल्ला अदालतबाट प्राप्त म्यादलाई समेत गणना गर्दा यो उनीहरूविरुद्ध पाँचौँ पटक म्याद थप भएको हो। अख्तियारले एपीएफ स्कुलमा भएको भनिएको आर्थिक अनियमितताको दायरा फराकिलो रहेको आशंकामा थप प्रमाण संकलन, कागजात परीक्षण तथा सम्बन्धित व्यक्तिसँग बयान लिने कार्यलाई निरन्तरता दिएको जनाएको छ।यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता, आर्थिक कारोबार तथा निर्णय प्रक्रियासम्बन्धी पक्षहरू पनि अनुसन्धानको दायरामा रहेको बुझिएको छ। अनुसन्धान सम्पन्न भएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने अख्तियार स्रोतले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment