Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
News

माइतीघरमा लघुवित्त तथा सहकारी पीडितको प्रदर्शन, बचत रकम फिर्ता र न्यायको माग

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 13 views
MITHILA TIMESmithila-times.com

काठमाडौं । लघुवित्त तथा सहकारी संस्थामा बचत गरेको रकम फिर्ता नपाएको भन्दै पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूले बचतकर्ताको रकम तत्काल फिर्ता गराउन, दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडितमैत्री नीति लागू गर्न सरकारसँग माग गरेका छन्।‎‎प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै लामो समयदेखि आफूहरू न्यायको खोजीमा आन्दोलनरत रहे पनि सरकारबाट प्रभावकारी सुनुवाइ नभएको गुनासो व्यक्त गरे। उनीहरूले हजारौं बचतकर्ताको जीवनभरको कमाइ सहकारी र लघुवित्तमा फसेको भन्दै राज्यले समस्या समाधानमा गम्भीरता देखाउनुपर्ने बताएका छन्।‎‎प्रदर्शनकारीहरूले सहकारी क्षेत्रको समस्या समाधानका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न, बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गराउने व्यवस्था मिलाउन तथा आर्थिक अनियमिततामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेका छन्।‎‎प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। सहभागीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।‎

About The Author

Mithila Times

Leave a Comment