Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

देवानगञ्ज घटनाको निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा हिन्दु युवाहरूको प्रदर्शन

By Mithila Times ३ महिना अगाडि ३ महिना अगाडि 26 views
MITHILA TIMESmithila-times.com

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै हिन्दु संघ–संस्थासँग आबद्ध युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।प्रदर्शनकारीहरू राजधानीको विभिन्न स्थान हुँदै शान्तिपूर्ण रूपमा विरोध प्रदर्शनमा उत्रिएका थिए। उनीहरूले घटनामा संलग्न जो–कोहीलाई कानुनको दायरामा ल्याउन, पीडित परिवारलाई न्याय दिलाउन तथा घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न सरकारसँग माग गरेका छन्।प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै घटनाको वास्तविकता सार्वजनिक गर्न र दोषीलाई कुनै पनि प्रभाव वा दबाबबिना कारबाही गर्नुपर्ने धारणा राखेका थिए। उनीहरूले यस्ता घटनाले सामाजिक सद्भावमा असर पुग्ने भएकाले राज्यले संवेदनशील भएर निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउनुपर्नेमा जोड दिएका छन्।प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो भने सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा बनाएका थिए। प्रदर्शनकारीहरूले न्याय सुनिश्चित नभएसम्म आफ्नो आवाज उठाइरहने चेतावनी समेत दिएका छन्।

About The Author

Mithila Times

Leave a Comment