Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

पर्सामा ३७० किलो गाँजा बरामद, थप अनुसन्धानका लागि पोखरिया पठाइयो‎

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 48 views
MITHILA TIMESmithila-times.com

‎वीरगञ्ज, असार ३ गते। पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित भलुहिया सडकखण्ड नजिकबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।‎इलाका प्रहरी कार्यालय पोखरियाबाट प्राप्त जानकारीअनुसार प्रहरी सहायक निरीक्षक रामविनोद झाको कमाण्डमा खटिएको पैदल गस्ती टोलीले दशगजा क्षेत्र नजिक शंकास्पद स्थानमा खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा राखिएको करिब ३७० किलोग्राम गाँजा फेला पारेको हो।‎प्रहरीका अनुसार उक्त गाँजा पानी बग्ने खोला तथा बबुल र आँपका रुखहरूको आसपास लुकाइछिपाइ राखिएको अवस्थामा भेटिएको थियो। सीमा क्षेत्रको संवेदनशील स्थानमा ठूलो परिमाणमा गाँजा फेला परेपछि प्रहरीले यसको स्रोत र संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ।‎बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरियामा पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।‎प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा निगरानी र गस्तीलाई अझ प्रभावकारी बनाइएको समेत जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment