Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

पर्सामा ३७० किलो गाँजा बरामद, थप अनुसन्धानका लागि पोखरिया पठाइयो‎

By Mithila Times ३ महिना अगाडि ३ महिना अगाडि 23 views
MITHILA TIMESmithila-times.com

‎वीरगञ्ज, असार ३ गते। पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित भलुहिया सडकखण्ड नजिकबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।‎इलाका प्रहरी कार्यालय पोखरियाबाट प्राप्त जानकारीअनुसार प्रहरी सहायक निरीक्षक रामविनोद झाको कमाण्डमा खटिएको पैदल गस्ती टोलीले दशगजा क्षेत्र नजिक शंकास्पद स्थानमा खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा राखिएको करिब ३७० किलोग्राम गाँजा फेला पारेको हो।‎प्रहरीका अनुसार उक्त गाँजा पानी बग्ने खोला तथा बबुल र आँपका रुखहरूको आसपास लुकाइछिपाइ राखिएको अवस्थामा भेटिएको थियो। सीमा क्षेत्रको संवेदनशील स्थानमा ठूलो परिमाणमा गाँजा फेला परेपछि प्रहरीले यसको स्रोत र संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ।‎बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरियामा पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।‎प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा निगरानी र गस्तीलाई अझ प्रभावकारी बनाइएको समेत जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment