बिरगंज बिरगंज स्कुल अफ लको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता क्याम्प प्रमुख अधिवक्ता चन्द्रीका प्रसाद पटेलले गर्नुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि राजर्षि जनक विश्वविद्यालय (रा.ज.वि.) मानविकी तथा कानुन संकायका डीन प्राध्यापक डा. नरेन्द्र कटुवाल रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा सहायक डीन समीप घिमिरे सहभागी हुनुहुन्थ्यो।कार्यक्रममा बि.ए. एल.एल.बि. प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत गरिएको थियो। साथै न्यायिक तथा कानुनी शिक्षामा उल्लेखनीय योगदान पुर्याएको भन्दै उच्च बार बिरगंजका अध्यक्ष अधिवक्ता शैलेन्द्र वर्मा र पर्सा जिल्ला अदालत बारका अध्यक्ष अधिवक्ता रामनारायण कुर्मीलाई सम्मान गरिएको थियो।यसै अवसरमा नेपाल बार काउन्सिलको ३३औँ परीक्षामा राज्यस्तरमै छैटौँ स्थान हासिल गर्न सफल अधिवक्ता रितिक यादवलाई विशेष सम्मान प्रदान गरिएको छ। उहाँलाई कार्यक्रमका विशेष अतिथि अधिवक्ता शिव कोइराला र अध्यक्ष अधिवक्ता चन्द्रीका प्रसाद पटेलले संयुक्त रूपमा दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गर्नुभएको थियो।कार्यक्रममा प्रा. डा. हरेराम ठाकुर, सह–प्रा. इन्दुशेखर मिश्र, उप–प्रा. दिलिप सिंह, डा. वाशुलाल कर्ण, प्रमोद कुमार पाण्डे ‘हेरम्ब’, पर्सा बारका पूर्व अध्यक्ष अधिवक्ता रामाशिस यादव, अधिवक्ता सुनिल यादव, पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिक, सरकारी वकिल उप–न्यायाधिवक्ता बुधिलाल श्रेष्ठ, सहायक जिल्ला न्यायाधिवक्ता महेश अर्याल, बालरोग विशेषज्ञ डा. इलताफ अन्सारी, स्कुल अफ लका सहायक प्राध्यापकहरू, प्रथम तथा दोस्रो वर्षका विद्यार्थीहरू तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमको सांस्कृतिक सत्रमा दोस्रो वर्षका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।मन्तव्यका क्रममा प्रमुख अतिथि डीन डा. कटुवालले राजर्षि जनक विश्वविद्यालय अन्तर्गत २ वर्षे एल.एल.एम., ३ वर्षे एल.एल.बि. तथा ५ वर्षे बि.ए. एल.एल.बि. कार्यक्रमहरू सफलतापूर्वक सञ्चालनमा रहेको जानकारी गराउँदै निकट भविष्यमा यी तीनवटै कार्यक्रम बिरगंज स्कुल अफ लमै सञ्चालन गरिने घोषणा गर्नुभयो।विशिष्ट अतिथि सहायक डीन समीप घिमिरेले विद्यार्थीहरूलाई इमान्दार, अनुशासित र मेहनती बन्न सुझाव दिनुभयो। विशेष अतिथि अधिवक्ता शिव कोइरालाले कानुनका विद्यार्थीहरूलाई अध्ययनशील, अनुशासित र पेशागत प्रतिबद्धतामा दृढ रहन आग्रह गर्नुभयो।कार्यक्रमको मञ्च सञ्चालन दोस्रो वर्षका विद्यार्थी अम्बिका कर्ण र आशुतोष महतोले गर्नुभएको थियो।
