वीरगञ्ज आज शनिबार वीरगञ्ज महानगरपालिकाले महानगरको वारुणयन्त्र प्रयोग गरी घण्टाघर क्षेत्रसहित आसपासका स्थानहरूमा व्यापक सरसफाइ कार्य सञ्चालन गरेको छ।सहरको मुख्य तथा भीडभाड हुने क्षेत्रको स्वच्छता कायम राख्ने उद्देश्यले गरिएको सरसफाइ अभियानअन्तर्गत सडक, डिभाइडर, पैदलमार्ग तथा सार्वजनिक स्थानहरूमा जमेको फोहोर, धुलो र मैला हटाइएको थियो। सरसफाइका क्रममा वारुणयन्त्रमार्फत पानीको उच्च चाप प्रयोग गरी सडक तथा वरपरका संरचनाहरू सफा गरिएको जनाइएको छ।महानगरपालिकाका अनुसार नियमित सरसफाइलाई थप प्रभावकारी बनाउन विशेष अभियानका रूपमा यो कार्यक्रम सञ्चालन गरिएको हो। यसले सहरको सौन्दर्य वृद्धि हुनुका साथै स्वच्छ वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।महानगरले नागरिकलाई पनि आफ्नो घर–आँगन तथा सार्वजनिक स्थानमा फोहोर नगर्न र सरसफाइमा सहकार्य गर्न आग्रह गरेको छ।
तस्बिर : अनमो ठाकुर / मिथिला टाईम्स
