Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

रास्वपा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड, प्रहरीले सुरु गर्‍यो अनुसन्धान

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 16 views
MITHILA TIMESmithila-times.com

कलैया, ०२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ। पार्टी कार्यक्रमका लागि गोरखाको भीमसेनथापा गाउँपालिका–३ पुगेका परियारले प्रयोग गर्दै आएको गाडी पार्किङ गरिएको अवस्थामा तोडफोड भएको हो।रास्वपा प्रवक्ता मनिष झाका अनुसार परियारको गाडी गत राति पार्किङ गरिएको स्थानमै तोडफोड गरिएको पाइएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक विवरण संकलन गर्नुका साथै आवश्यक प्रमाण संकलन गरेको छ।प्रहरीले हालसम्म गाडी तोडफोडको स्पष्ट कारण खुल्न नसकेको जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।घटनाप्रति रास्वपाले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई छिटो पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ। राजनीतिक गतिविधिमा संलग्न व्यक्तिको सुरक्षामाथि प्रश्न उठ्ने गरी भएको यस घटनाले स्थानीयस्तरमा चासो र चिन्ता बढाएको छ।

About The Author

Mithila Times

Leave a Comment