Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

रास्वपा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड, प्रहरीले सुरु गर्‍यो अनुसन्धान

By Mithila Times १० महिना अगाडि १० महिना अगाडि 35 views
MITHILA TIMESmithila-times.com

कलैया, ०२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ। पार्टी कार्यक्रमका लागि गोरखाको भीमसेनथापा गाउँपालिका–३ पुगेका परियारले प्रयोग गर्दै आएको गाडी पार्किङ गरिएको अवस्थामा तोडफोड भएको हो।रास्वपा प्रवक्ता मनिष झाका अनुसार परियारको गाडी गत राति पार्किङ गरिएको स्थानमै तोडफोड गरिएको पाइएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक विवरण संकलन गर्नुका साथै आवश्यक प्रमाण संकलन गरेको छ।प्रहरीले हालसम्म गाडी तोडफोडको स्पष्ट कारण खुल्न नसकेको जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।घटनाप्रति रास्वपाले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई छिटो पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ। राजनीतिक गतिविधिमा संलग्न व्यक्तिको सुरक्षामाथि प्रश्न उठ्ने गरी भएको यस घटनाले स्थानीयस्तरमा चासो र चिन्ता बढाएको छ।

About The Author

Mithila Times

Leave a Comment